“तीन दिनभित्र संविधान निर्माणका सम्बन्धमा परिणाम निस्कने”- प्र.म. कोइराला

<span class='c1'>“तीन दिनभित्र संविधान निर्माणका सम्बन्धमा</span> <span class='c2'>परिणाम निस्कने”- प्र.म. कोइराला</span>

प्रधानमन्त्री सुशील कोइरालाले तीन दिनभित्र संविधान निर्माणका सम्बन्धमा परिणाम निस्कने बताउनुभएको छ ।

महोत्तरी परिवार काठमाडौंद्वारा प्रधान न्यायाधीश रामकुमार साहको सम्मानमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले संविधानको निर्माण नै अहिलेको प्राथमिकता भएको बताउँदै दलहरुको छलफल २,३ दिन भित्र निष्कर्षमा पुग्ने ठोकुवा समेत गर्नुभयो ।

राजनैतिक दलका नेताले गर्ने काम अरु कसैले गर्दा नागरिकमा नराम्रो छाप पर्ने भएकोले पनि २÷३ भित्र नै सहमति गर्नु पर्ने बताउनुभयो । कार्यक्रममा प्रधानमन्त्री कोइरालाले नेपाली नागरिकले ६ दशकभन्दा बढीको संघर्षले हाँसिल गरेका उपलब्धिलाई संस्थागत गरि सुरक्षित गर्नुपर्ने आवश्यकता पनि औल्याउनुभयो ।

सबै आदिवासी, जनजाति, महिला, मुस्लिम, अल्पसंख्यक र विभिन्न धर्म–संस्कृति मान्ने र भाषा बोल्नेको हक अधिकार नयाँ संविधानमा सुरक्षित हुने विश्वास व्यक्त पनि गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्