सहभागितात्मक बचतमा टिकाराम

सहभागितात्मक बचतमा टिकाराम

 

विराटनगर १९ पौष । सहभागितात्मक बचत तथा ऋण सहकारी सस्थाले आफ्नो छैटौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।विराटनगरमा शनिवार सम्पन्न भेलाले टिकाराम राई को अध्यक्षतामा ९ सदस्यीय समिती गठन भएको छ ।संस्थाको अध्यक्षमा टिकाराम राई , उपाध्यक्षमा गौरीमाया लिम्बु, सचिवमा हरी कुमार राई, कोषाध्यक्षमा भिम बा. लिम्बु , रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा विर्ख.बा राई , अरुणा राई, मन कुमारी राई, र सोभित राजवंशी रहेका छन् ।कार्यक्रममा सस्थाले गरेको वार्षिक आर्थिक गतिविधीको बारेमा समेत छलफल गरेको छ । दश लाख शेयर पुजीबाट प्रारम्भ भई २५ शेयर सदस्य भएको सस्थाले हाल सम्म ३० लाख नौ हजार शेयर पुजी रहेको छ । साथै सेयर सदस्य वृद्धि भई हाल ३ सय भन्दा बढी रहेको निर्वतमान अध्यक्ष भुपेन्द्र देवानले जानकारी दिनुभयो । सस्थाले आ.व २०७०,७१ मा आफना एक सय छयानब्बे सदस्यहरु माझ ऋण लगानी कारोबार गरेका उहाले बताउनुभयो । कार्यक्रमा साजन राईले गित गाएर आफ्नो प्रस्तुति पनि दिएक थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्