निरु पालको स्वास्थ्यमा जटिलता देखिएपछि थप उपचारका लागि नयाँ दिल्ली लगियो

निरु पालको स्वास्थ्यमा जटिलता देखिएपछि थप उपचारका लागि नयाँ दिल्ली लगियो

युवा संघकी कार्यवाहक अध्यक्ष तथा एमाले केन्द्रीय सदस्य निरु पालको स्वास्थ्यमा जटिलता देखिएपछि थप उपचारका लागि नयाँ दिल्ली लगिएको छ । निमोनिया बिग्रिएर वीर अस्पतालमा एक सातादेखि उपचाररत युवा नेतृ पालको अवस्थामा सुधार नआएपछि नयाँ दिल्लीको मेदान्त अस्पतालमा भर्ना गरिएको हो ।
पाललाई आज विहान दिल्ली लगिएको युवा संघका प्रवक्ता प्रभात कटुवालले जानकारी दिनुभयो । युवा संघका अध्यक्ष महेश बस्नेत उद्योगमन्त्री भएपछि पाल कार्यवाहक अध्यक्ष हुनुभएको हो । पाल एमालेको महिला युथफोर्सकी कमाण्डर समेत हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्