स्वस्थानी व्रत आज देखि सुरु

स्वस्थानी व्रत आज देखि सुरु

एकमहिना लामो स्वस्थानी व्रत आज देखि सुरु भएको छ । आजबाट ब्रतालुहरु प्रत्येक वर्षको पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म निराहार ब्रत बस्छन् । काठमाडौं नजिकैको साँखुमा रहेको शाली नदी किनारमा स्वस्थानीको पूजाआराधना गर्दै व्रत बस्ने परम्परा छ । उनीहरु ब्रत अवधिभर शुद्ध बसी मध्याह्नकाल मात्र एक पटक भोजन गर्छन् । विधिपूर्वक व्रत नबस्नेहरुले पनि विहान वा बेलुकी घर घरमा स्वस्थानीको कथा बाचन तथा श्रवण गर्ने गर्छन् ।
शाली नदीमा एक महिनासम्म मेला समेत लाग्दछ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी बालुवाको शिवलिङ्ग बनाई निराहार व्रत बसेर तपस्या गरी मनोकांक्षा पूरा भएको स्वस्थानी कथामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्