विराटनगर, पुस २१ – प्रहरीले लागुऔषधसहित तीन युवकलाई गएराति पक्राउ गरेको छ । लागुऔषध क्षेत्रीय ब्युरो र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले गएराति विराटनगर–१५ मा जाँचका क्रममा स्थानीय २२ वर्षीय अनिल सहनी, २८ वर्षीय मुकेश कर्ण र ३६ वर्षीय सुरज पोखरेललाई पक्राउ गरेको हो । उनीहरूको साथबाट लागुऔषध टिटी १७ सेट बरामद भएको पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।