भन्सार छलेर ल्याउँदै गरेको करिब दुई लाख मूल्य बराबरको समाग्री बरामद

भन्सार छलेर ल्याउँदै गरेको करिब दुई लाख मूल्य बराबरको समाग्री बरामद

सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय रानी मोरङ र बोर्डर आउट पोस्ट नोचाले भन्सार छलेर ल्याउँदै गरेको करिब दुई लाख मूल्य बराबरको समाग्री बरामद गरेको छ । खाद्यान्न, कपडासहित एउटा मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।
सीमावर्ती भारतीय बजार जोगवनीबाट भन्सार छलेर ल्याउँदै गरेको ६० हजार ५ बसय मूल्य बराबरको खाद्यान्न, शृङ्गारका सामान, कपडा, फलामका सामान, रसायनिक मललगायतका सामग्री विराटनगर–१८ स्थित पारिजात चोकबाट बरामद भएको हो ।
त्यस्तै बोर्डर आउट पोस्ट नोचाबाट खटिएको गस्ती टोलीले भन्सार छलेर ल्याउँदै गरेको करिब एक लाख २० हजार बराबरको शृङ्गारका सामग्री र सामान बोक्न प्रयोग गरिएको एउटा मोटरसाइकल बरामद गरेको छ ।
बरामद गरिएका सामान विराटनगर भन्सार कार्यालय रानीमा बुझाइएको सीमा सुरक्षा कार्यालय रानी मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्