नेता भट्टराईले ओलीको भनाइलाई ‘कागले आफ्नो नाम आफैं काढेको’ संज्ञा

नेता भट्टराईले ओलीको भनाइलाई ‘कागले आफ्नो नाम आफैं काढेको’ संज्ञा

एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डाक्टर बाबुराम भट्टराईले १० अर्ब दिए माओवादीले आन्दोलन रोक्छ भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको आरोपको प्रतिवाद गर्नुभएको छ । राजधानीमा भएको कार्यक्रममा नेता भट्टराईले ओलीको भनाइलाई ‘कागले आफ्नो नाम आफैं काढेको’ संज्ञा पनि दिनुभयो ।
उहाँले संसारमा सबै कुरा पैसाले किन्न सकिन्छ भन्ने कुख्यात सिद्धान्त ओलीको मौलिक आविस्कार नभएर दलाल तथा नोकरशाही पूजीपति वर्गको पुरानै जाने माने सिद्धान्तको भद्दा सुगा रटाइ मात्र भएको बताउनुभएको छ । भट्टराईले ओलीको नेतृत्वमा पार्टी कसरी तीव्र गतिमा प्रतिगमनको मतियार बन्दैछ भन्ने बुझ्न एमाले नेताहरुलाई आग्रह गर्नुभएको छ । एमाले अध्यक्ष ओलीले हिजो राजधानीमा आयोजित एक कार्यक्रममा एमाओवादीलाई पैसामा बिक्ने पाटी भन्दै १० अर्ब दिए आन्दोलन रोक्ने दाबी गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्