३० दलीय मोर्चा आक्रोशित

३० दलीय मोर्चा आक्रोशित

आफ्नो विरोधका वीच संविधानका विवादित विषयमा प्रश्नावली बनाउने प्रक्रिया अघि बढाएपछि एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चा आक्रोशित भएको छ । अध्यक्ष प्रचण्डले आज विहान मोर्चाको सचिवालयमा रहेका नेताहरुसँग आफ्नै निवास लाजिम्पाटमा छलफल गर्नुभएको स्रोतले जनाएको छ । प्रश्नावली समिती बनाउँने प्रक्रिया रोकिने आशा रहेको तर नरोकिएपछि त्यसको गत्तिलो जवाफ दिने एक नेताले बताएका छन् । छलफलमा एकीकृत माओवादी अध्यक्ष प्रचण्डले मोर्चामा आवद्ध १८ दलका सभासदहरुले सामूहिक राजीनामा दिने प्रस्ताव अघि सार्नुभएको छ । वपक्षी १८ दलले सामूहिक राजीनामा दिएर सडकमा आउने प्रस्ताव आएको एक नेताले बताए । प्रचण्डले आफ्नो प्रस्तावबारे मोर्चामा आवद्ध दलका नेताहरुसँग परामर्श गर्ने क्रम जारी छ । अब संविधानसभामा बस्नुको औचित्य नभएको भन्दै उहाँले सामुहिक राजीनामाबारे आआफ्नो पार्टीमा छलफल गर्न मोर्चाका नेताहरुलाई आग्रह गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्