तलब माग्दा ९ जना शिक्षिकालाइ निकाल्यो समता शिक्षा निकेतनले

तलब माग्दा ९ जना शिक्षिकालाइ निकाल्यो समता शिक्षा निकेतनले

देशभरि भाटे स्कूलको रुपमा परिचिक समता निकेतनले आफ्नो शिक्षकहरुलाई ७ महिनादेखि तलब नदिएको कुरा खुलेको छ । ७ महिनादेखि आफ्नो तलब माग्दा विभिन्न बहाना बनाई लामो समयदेखि आलटाल गरिरहेको विद्यालयका शिक्षिकाहरुले बताए । उनीहरुले तलब दिनुको साटो उल्टै विद्यालय बन्द गरेर विद्यार्थीको भविष्यमा खेलबाड गरेको गुनासो गरे । लामो समयदेखि बन्द रहेको विद्यालय आज खुलेकै दिन तलब मागेको भन्दै ९ जना शिक्षकालाई काठमाडौंबाट आएको दिपक सञ्जेल र विनोदराज पाण्डेको टोलीले अर्को शिक्षिकाको व्यवस्था गर्नु भन्दै निकालेको आन्दोलनरत शिक्षिकाहरुले भने।
उनीहरुले तुरुन्त तलब उपलब्ध गराउनु पर्ने साथै विद्यालयका सबै कार्यहरु कानुन अनूरुप लिखित र औपचारिक प्रक्रिया पुरा गरेर मात्र सञ्चालन गर्नु पर्ने माग राखेका छन् । विद्यालयका प्रिन्सिपल विकास गुरुङले भने शिक्षिकाहरुलाइ ननिकालेको बताउदै केहि दिनको विदा मात्र गरेको जानकारी दिए ।

मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, डाक्टर उपेन्द्र महतो, जिवा लामिछाने जस्ता हस्तिहरुको सहयोगमा समता शिक्षा निकेतन उत्तम सञ्जेलले स्थापना गरेको देशभरी सञ्जाल भएको विद्यालय हो । यसले देशको विभिन्न भागमा छुट्टा छुट्टै नामका साथ विद्यालयहरु सञ्चालन गर्ने गरेको छ । यसै अन्तरगत विराटनगरमा एङ्लो एकेडेमी भनेर लामो समय देखि विद्यालय सञ्चालित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्