मोर्चाले थाल्यो आन्दोलन

मोर्चाले थाल्यो आन्दोलन

 

बिराटनगर ,  एकिकृत माओबादीको नेतृत्वमा गठित मोर्चाले

मोरङ्गमा आन्दोलन शसक्त्त बनाउने तैयारी थालेको छ ।

मोर्चा अन्र्तगत रहेका पार्टीहरुले धमाधम पार्टी र भातृ संगठनका

बौठकरु गरेर आन्दोलनलाई शसक्त्त बनाउने तैयारी थालेका हुन ।

सोमबार एकिकृत माओबादी मोरङले मोर्चाले घोषणा गरेको आन्दोलनको

चरण अनुसार बिभिन्न जनबर्गीय संगठनहरुसँग छलफल गरेको छ ।

छलफलमा घोषित आन्दोलनलाई शसक्त्त बनाउन सबै जनबर्गीय

संगठनहरुलाई निर्देशन भएको र आन्दोलन प्रभावबारी बनाउन के गर्न

सकिन्छ भन्नेबारे सुझावहरु संकलन गरिएको एमाओबादी मोरङका

अध्यक्ष गोपी अछामीले जानकारी गराउनुभयो ।

सोमबार एमाओबादी कोचिला राज्य समितिको कार्यालयमा भएको बैठकमा

मधेशी , दलित , जनजाति , महिला , जातिय महासंघ , युवा , बिद्यार्थी मजदुर

लगायतका प्रतिनिधिहरुसँग छलफल गरिएको थियो ।

बैकमा जिल्ला सभासद अमनलाल मोदी , पुर्व सभासद बाबुलाल पासवान सहित

उपाध्यक्ष भोगेन्द्र यादब , कोषाध्यक्ष गीता तिम्सिना लगायतले पनि देश

संघियताबादी र बिरोधीहरु ीबचको धु्रवीकरणमा गैसकेकोले अब

आन्दोलनको बिकल्प नभएकोेले भव्य तैयारीमा जुटन सबै एक

हुनुपर्नेमा जोड दिनुभएको थियो ।

मोरङमा मोर्चामा आबद्ध पार्टी एकिकृत माओबादी सहित फोरम नेपाल ,

फोरम लोकतान्त्रिक , सदभावना , संघिय समाजबादी , संघिय लिम्बुवान

परिषद लगायतका दलहरुले पनि आन्दोलनको तैयारी थालेको मोर्चाका

संयोजक भक्त्ती माझीले जानकारी गराउनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्