इँटा उद्योगमा वार्षिक १२ हजार भारतीय कामदारले काम गर्छन

इँटा उद्योगमा वार्षिक १२ हजार भारतीय कामदारले काम गर्छन

मोरङ र सुनसरीका इँटा उद्योगमा वार्षिक १२ हजार भारतीय कामदारले काम गरिरहेका छन् ।
इँटा उत्पादनको काम कार्तिकदेखि जेठसम्म चल्ने समयमा यी मजदुर कामका लागि आउने गरेका हुन् ।
मोरङ र सुनसरीमा ४५ वटा इँटा उद्योग सञ्चालनमा छन् । प्रत्येक इँटा उद्योगमा २५० देखि ३०० सम्म कामदारले काम गर्ने गरेको कोसी अञ्चल इँटा व्यवसायी सङ्घले जनाएको छ ।
उद्योगमा काम गर्न भारतको बङ्गालबाट सपरिवार मजदुर आउने गरेको सङ्घले जनाएको छ ।
मोरङ र सुनसरीमा सञ्चालनमा रहका इँटा उद्योगले इँटा बनाउने, पकाउने काममा भारतीय कामदार ल्याउने गरेका छन् ।
नेपालमा मजदुर नपाएपछि भारतको बङ्गालबाट मजदुर ल्याउने गरिएको कोसी अञ्चल इँटा व्यवसायी सङ्घका सल्लाहकार मुरारी रेग्मीले बताउनुभयो ।
एक व्यक्तिले आठ महिनाको अवधिमा करिब ६५ हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको सल्लाहकार रेग्मीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्