पूर्वाञ्चलमा बिसीजी र रुबेलाको खोप आयो

पूर्वाञ्चलमा बिसीजी र रुबेलाको खोप आयो

लामो समयपछि पूर्वाञ्चलमा बालबालिकाको लागी बिसीजी र रुबेलाको खोप आएको छ ।
स्वास्थ्यसेवा विभाग, आपूर्ति व्यवस्था महाशाखा, काठमाडौँले माघ १६ गते क्षेत्रीय मेडिकल स्टोर विराटनगर कार्यालयलाई वितरणका लागि आवश्यक खोप पठाएपछि बालबालिका खोप लगाउन पाउने भएका हुन् ।
विगत दुई महिनाभन्दा बढी समयदेखि ती खोपको अभाव भएपछि बालबालिका खोप लगाउनबाट बञ्चित भएका थिए ।
बालबालिकालाई निर्धारित समयमा ती खोप लगाएपछि जीवनभर क्षयरोग र दादुरालगायतका रोगबाट सुरक्षित हुने भएकाले यो खोप अति महत्वपूर्ण छ ।
पूर्वाञ्चलका १६ जिल्लामध्ये १४ जिल्लाका जिल्ला जनस्वास्थ्य कार्यालयमा ती खोप पुगिसकेका छन् भने ताप्लेजुङ र पाँचथर जिल्लामा भोलिसम्म खोप पुग्ने क्षेत्रीय मेडिकल स्टोरका प्रमुख भरतप्रसाद साहले जानकारी गराउनुभयो ।
बाइस हजार ५०० भायल विसीजी र आठ हजार भायल रुबेला खोप आएका छन् । विसीजीको खोप छ महिना र रुबेलाको खोप दुई महिनासम्म पुग्ने उहाँले बताउनुभयो । यी दुईटै खोपको वितरण कार्य सहज रुपले शुरु भइसकेको सो कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्