कडा सुरक्षासहित संविधानसभाको बैठक बस्दै

कडा सुरक्षासहित संविधानसभाको बैठक बस्दै

विशेष प्रहरी सुरक्षासहित आज संविधानसभाको बैठक बस्दै छ। बहुमतीय प्रक्रिया बिरुद्ध एमाओवादी नेतृत्वको प्रतिपक्षि मोर्चा विरोधमा उत्रिएपछि बिहिबार बस्ने बैठकका लागि प्रहरीले बिशेष सुरक्षा तयारी गरेको छ। यसअघि गरेको आक्रमण र तोडफोडपछि प्रहरी आफ्नो सुरक्षा बढाएको हो।

माघ ५ राति सत्तपक्षले संविधानसभामा बहुमतीय प्रक्रिया अघि बढाउँदा असन्तुष्ट बनेका सभासदले तोडफोड गरेका थिए। त्यसपछि सतर्क बनेको प्रहरीले संविधान सभामा मर्यादा पालकको संख्या बढाएको हो।

प्रहरी उपरीक्षकको नेतृत्वमा १ सय ५० दरबन्दीमा रहेको मर्यादा पालकको संख्या साढे ६ सय पुर्‍याइएको थियो। त्यो अहिले पनि निरन्तर छ। तर ति मध्ये २ सय ५० जना 'ब्याक फोर्स' का रुपमा रहनेछन्,संविधान सभा सुरक्षा स्रोतले बतायो।

आज बस्ने संविधान सभाको बैठकमा कडा निगरानी राखिने भएको छ। संविधानसभा भवनभित्र खुर्सानीको धुलोसमेत पाइएपछि त्यस्ता सामग्री लैजान नदिन साढे १० बजेदेखि नै मर्यादा पालकहरु संविधानसभा भवन पुग्ने भएका छन्। आज बस्ने संविधान सभाको बैठकमा उपसमितिले प्रश्न सहितको प्रस्ताव तयार पार्ने कार्य जारी रहेको भन्दै समितिलाई थप पाँच दिनको समय दिन अनुरोध गर्ने भएको छ। प्रमुख प्रतिपक्षि दलले बहिष्कार गरेको बैठकमा राप्रपा नेपालले पनि विरोध गर्ने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्