मन्त्री लम्सालले गरे फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक प्रतिनिधिसभामा पेश

<span class='c1'>मन्त्री लम्सालले गरे फोहोरमैला</span> <span class='c2'>व्यवस्थापनसम्बन्धी विधेयक प्रतिनिधिसभामा पेश</span>

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ प्रतिनिधिसभामा पेश गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विधेयक प्रस्तुत गर्दै मन्त्री लम्सालले फोहोरमैला उत्सर्जन, संकलन, विसर्जन तथा समग्र व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय तहको भूमिका तथा जिम्मेवारी स्पष्ट गर्न विधेयक ल्याइएको बताए । एनले विधेयकले तीनै तहका सरकारबीच प्रभावकारी समन्वय कायम गरी फोहोरमैलाको समुचित तथा प्रभावकारी व्यवस्थापन गर्ने उद्देश्य राखेको बताए । फोहोरमैला व्यवस्थापनमार्फत स्वच्छ तथा स्वस्थ वातावरण कायम गर्ने र मानव स्वास्थ्य तथा वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभाव न्यूनीकरण गर्ने विषयलाई पनि विधेयकमा प्राथमिकता दिइएको उनले बताए ।

उनले चक्रीय अर्थतन्त्रको अवधारणाअनुरूप फोहोरमैलालाई प्रशोधन गरी पुनः स्रोत सामग्रीका रूपमा उपयोग गर्ने व्यवस्था गर्न विधेयक आवश्यक रहेको बताए । विधेयकले फोहोरमैला व्यवस्थापनमा सरकारका विभिन्न तहको जिम्मेवारी स्पष्ट पार्दै प्रभावकारी व्यवस्थापन प्रणाली विकास गर्ने लक्ष्य राखेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्