‘मानसिक स्वास्थ्य’ जाँच गर्न आग्रह गर्ने १९ दलीय मोर्चाको निर्णय प्रति असहमति

‘मानसिक स्वास्थ्य’ जाँच गर्न आग्रह गर्ने १९ दलीय मोर्चाको निर्णय प्रति असहमति

एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘मानसिक स्वास्थ्य’ जाँच गर्न आग्रह गर्ने १९ दलीय मोर्चाको निर्णय प्रति असहमति जनाउँनुभएको छ । राजधानीमा आज पत्रकारसँग कुरा गर्दै उहाँले १० अर्ब दिए १९ दलले आन्दोलन गर्दैन भन्ने ओलीको अभिव्यक्ति र मोर्चाको निर्णय दुवै अराजनीतिक भएको बताउँनुभयो ।
प्रचण्ड नेतृत्वको १९ दलको हिजो बसेको बैठकले ओलीको आरोपको खण्डन गर्दै उहाँ मानसिक रुपमा समेत असन्तुलित भएको आशंका गर्दै उपचारको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको थियो । उहाँले आन्दोलनकारीलाई सम्बोधन गरेर सहमतिका आधारमा संविधान गर्ने सम्भावना अझै रहेको बताउँनुभएको छ । प्रश्नावली निर्माण प्रक्रिया रोकेर विगतका सहमति र सम्झौता अनुसार अघि बढ्ने प्रतिवद्धता जनाए वार्ता हुने उहाँको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्