“ओली नेपालकै छुच्चो नेता” – बाबुराम भट्टराई

“ओली नेपालकै छुच्चो नेता” – बाबुराम भट्टराई

एकीकृत माओवादीका नेता डाक्टर बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी ओली नेपालकै छुच्चो नेता भएको टिप्पणी गर्नुभएको छ । गृह जिल्ला गोरखामा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले नेपालकै छुच्चो नेता को हो भन्यो भने केटाकेटीले समेत ओली कै नाम लिने बताउँनुभयो । पछिल्लो समय कांग्रेस पनि एमाले अध्यक्ष ओलीकै पछि लागेको उहाँको भनाइ थियो । आफूहरु शक्ति आर्जन गर्न गाउँ पसेको भन्दै उहाँले अब जनतासँग शक्ति लिएर काठमाडौं फर्किएर देखाउँने बताउँनुभयो । संविधानसभाको अपहरण गर्न खोजिएको भन्दै उहाँले संविधानसभालाई ट्याकमा नर्फकाए सम्म आफूहरु सहभागी नहुने बताउँनुभयो ।
उहाँले नागरिकसँग पछिल्लो राजनीतिक अवस्थाबारे परामर्श गर्न र शक्ति आर्जन गर्नका लागि काठमाडौं छोडेको भएपनि आफूहरुले संविधानसभा बहिष्कार भने नगरेको उहाँले बताउनुभयो । संविधानसभाका अध्यक्ष सुवाचन्द्र नेम्वाङले राजनीतिक सहमतिलाई कुल्चेर अघि बढेकाले त्यसको विरोध मात्रै गरेको उहाँको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्