१७ औं स्थापना दिवसका अवसरमा चौतारी मोरङले बृद्धबृद्धालाई फलफुल वितरण

<span class='c1'>१७ औं स्थापना दिवसका अवसरमा</span> <span class='c2'>चौतारी मोरङले बृद्धबृद्धालाई फलफुल वितरण</span>

प्रेस चौतारी नेपालको १७ औं स्थापना दिवसका अवसरमा चौतारी मोरङले बृद्धबृद्धालाई फलफुल वितरण गरेको छ । विराटनगर रोडशेष चोकpatrakaar नजिक रहेको विराटेश्वर बृद्धाश्रममा आश्रीत बृद्धबृदालाई फलफुल वितरण गरेको चौतारी मोरङले जनाएको छ । कार्यक्रममा बोल्दै नेकपा एमाले मोरङका अध्यक्ष महेश रेग्मीले चौतरीले बृद्धाबृद्धाको सम्मानका लागि स्थापना दिवसको अवसरमा गरेको कार्यक्रम अन्तयन्तै सकारात्मक रहेको भन्द्यै यस्ता समाजिक काममा चौतारीलाई लागिरहन आग्रह गर्नुभयो । नेपाल पत्रकार महासँघ मोरङका अध्यक्ष महेन्द्र बिष्टले चौतारीले बृद्धबृद्धालाई सम्मान दर्शाएर समाजकालागि पनि पाठ सिकाएको बताउनुभयो ।
कार्यक्रममा प्रेस चौतारीका सल्लाहकार डिल्लि पोखरेल, चौतारी मोरङ अध्यक्ष रामचन्द्र अधिकारीले बोल्नुभएको थियो । दिवसकै अवसरमा साँझ जनआन्दोलन चोकमा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको अध्यक्ष अधिकारीले बताउनुभएको छ ।
यसैबीच नेपाल टेलिकमले आज आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्दैछ । दिवसको अवसरमा विहान प्रभातफेरी निकालेको थियो ।  ।
प्रेस चौतारी नेपालको १७ औ स्थापना दिवस मोरङको उर्लावारीमा पनि मनाइएको छ ।
उर्लावारीमा भेला भएका पूर्वी मोरङका चौतारी समर्थित पत्रकारहरुले आफ्नो संगठनको स्थापना दिवसलाई भव्य रुपले मनाएका हुन् । प्रेस चौतारी नेपाल उर्लावारी नगर समितिको आयोजनामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी चौतारीका मोरङ जिल्ला उपाध्यक्ष केदार चौहानले कलमका माध्यमबाट आफुहरु नेपाललाई हङकङ नभएर समृद्ध समाज बनाउने अभियानमा लागिपरेको बताउनु भएको छ । उहाँले भन्नुभयो – हामी पत्रकारहरु नेपाललाई हङकङ हैन समृद्ध समाजको निर्माण गर्नेछौ । सम्पुर्ण पत्रकारहरु एकजुट हुनुपर्नेमा जोड दिदै उहाँले पत्रकारहरु लगनशिल , इमान्दारी र अपडेटिङ हुनुपर्ने बताउनुभयो । पूर्वी मोरङमा चौतारी समर्थित पत्रकारहरुको बाहुल्यता रहेको बताउँदै उहाँले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेकपा एमाले उर्लावारी नगर कमिटिका अध्यक्ष मनोरथ भण्डारी , पुर्व जिल्ला उपाध्यक्ष मिलन के राउत , जिल्ला कार्यसमिति सदस्यहरु सुमन घिमिरे , सन्तोष राई , ज्योती चौहान , अर्चना अर्याल समेतको उपस्थिति रहेको थियो । कार्यक्रम प्रेस चौतारी उर्लावारी नगर समितिका सचिव नवराज भट्टराईको सभापतित्वमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्