तलब बिनै काम गर्नु पर्छ नर्सहरुले

<span class='c1'>तलब बिनै काम</span> <span class='c2'>गर्नु पर्छ नर्सहरुले</span>

हरि अधिकारी
विराटनगर, पढाइ सकिन साथ जागिर मिल्ने आसले १० लाख खर्च गरेर काठमाण्डौ भक्तपुरकी रिता क्षेत्री (नाम परिवर्तन)ले इन्डियन एकेडेमी वेङलोरबाट नर्सिङमा स्नातक सकिन् । पढाइपनि सकियो हातमा नर्सिङ उत्तिण गरेको सटिपिकट छ । केही महिना उनले निजी अस्पतालमा स्वयमसेवी भएर काम गरिन तर अझै जागिर पाएकी छैनन ।
जागिर पाइन्छकी भन्दै काठमाण्डौको ३ वटा नाम चलेका अस्पतालमा स्वयमसेवी भएर काम गरेकी उनले जाखिर नपाउने देखेपछि काम नै छाडिदिइन् । पारिवारीक भेटघाटकालागि विराटनगर आएकी उनले बुधवार नाम नलेख्ने सर्तमा भनिन ‘ पढाइमा मात्र १० लाख खर्च लाग्यो । खान बस्न छुट्टै । पढाइ सकेर जागिर खान खोज्दा अस्पतालले भोलेन्टियर गर्दै गर्नु पछि हेरौला भन्छ । भोलेन्टियरपनि गरे तर जागिर पाइन ।’
हातमा सर्टिपिकेट भएपनि घरकै खर्च गरेर असारदेखी माघ सम्म तिनवटा अस्पतालमा उनले काम गरिन् । काठमाण्डौको चर्चित नर्भिक, अन्नपूर्ण र छाउनी अस्पतालमा स्यमसेवी भएर काम गरेकी उनले तलव नपाउने भएपछि काम छोडेको बताइन् ।
लाखौं खर्चस“गै मिहिनेतले आर्जन गरेको सीप र दÔता उनले राजधानीको चर्चित अस्पतालमा भोलेन्टियरको रुपमा ‘मेवाविनाको सेवा’ गरिन । जागिर पाउ“ने छटकाट नदेखेपछि भोलेन्टियर गर्न छाडिन । काम गर्दा उनले केही व्यवहारिक सीप त सिकिन् । तर तलव भने पाइनन् । उनमा निराशाको पहाड चुलिदो छ भने पेशाप्रति मोह र सम्मान पनि घट्दो । उनि त एक प्रतिनिधी हुन् उनि जस्ता धेरै छन् । अध्ययन सकेका शैक्षिक बेरोजगार नर्सहरु ।
नर्सिङ विषयको अध्ययन गर्ने भन्ने वितिकै छात्राहरु आर्कशित हुन्छन् । अधिकासंको ध्यान नर्सिङ बिषय अध्ययनले तानेको छ । तर भविष्य उज्वल देखेर अध्ययन गर्ने सोचले नर्स पढेकाहरुको निजी अस्पतालहरुले श्रम शोषण गरिरहेका छन् । अझ तालिमका नाममा पारिश्रमिक नदिई स्यमसेवी रुपमा खटाइरहेका छन् ।
छात्राहरु नर्सिङ अध्ययनमा रुचि राखेपनि अध्ययन गर्न लाग्ने खर्च र पढाइ सकिएपछि जागिर नपाउदा दक्ष जनशक्ती वेरोजगार हुने क्रम बढेको छ ।
नर्सिङ अध्ययन गर्दै आएकी विद्यार्थी गंगा महत पढाइपछि जागिर पाउछु भन्ने आसमा थिइन । तर परिस्थिती उनले सोचे जस्तो छैन् । अध्ययन सकिन साथ सजिलै जागिर पाउछु भन्ने सोच्ने उनलाई पढाइपछि कसरी जागिर पाउ भन्ने समस्याले सताएको छ । उनले भनिन ‘नर्सिङ सक्न नै ४ लाख ९५ हजार लाग्छ । होस्टेल र अध्ययन सामाग्री आफै किन्नु पर्छ । पढाइपछि जागिर पाउन मुस्किल छ भन्ने सुन्छु ।’
नर्सिङ अध्ययनमा आर्कषण बढेपनि पढाइ खर्च र जागिर नपाउदा दक्ष जनशक्ती वेरोजगार बन्दै गएका छन् । अझ निजी अस्पतालहरुले विना तलव नर्सहरुलाई स्यमसेवी रुपमा खटाएर श्रम शोषण गरी रहेको छ ।

विना पैसाको जागिर
निजी अस्पतालहरुले भोलेन्टियर गरेमात्र जागिर लगाइ दिन्छु भन्दै नर्सको श्रम शोषण गरिरहेको भष्टचार विरुद्ध अभियान (एण्टिकरप्स करप्सन मुमेन्ट)का अध्यक्ष पारुल क्षेत्री बताउछन् ।
निजी अस्पतालहरुले नर्सहरुकै सहयोगमा लाखौ कमाएपनि नर्सलाई भने निशुल्क काममा लगाएर श्रम शोषण गरेको उनले बताए । उनले भने ‘ केही समयअघि कम्लरी प्रथा हटाइयो । तर निजी अस्पतालहरुले नर्सहरुलाई नया कम्लरी बनाउन खोज्दैछन् काम गरेको पारिश्रमिक नदिएर ।’
आवश्यक भन्दाबढि जनशक्ती भएका कारण निजी अस्पतालले नर्सलाई पारिश्रमिक नदिएको उनको भनाई छ । सरकारको निती नै गलत भएको उनको उनले बताए । यस्तै अवस्था रहे नेपालमा नर्सिङ तर्फको आर्कषण नहुने उनको तर्क छ ।
नेपालमा ६० हजार भन्दाबढिले नर्सिङ लाइसन्स प्रप्त गरेपनि ती मध्ये ६ हजार सरकारी र २५ हजार निजीमा जागिरे छन भने बाकी भोलेन्टियर र बेरोजगार रहेको उनको तर्क छ ।
नर्सिङ अध्ययन गर्न तोकिएको कोटा भित्र पर्नु पर्छ । कोटामा परेर अध्ययन गरेका दक्ष जनशक्ती बेरोजगार बनाउनु भन्दा सरकारले नर्स अध्ययनको कोटा घटाउनु पर्ने उनि बताउछन् ।
विराटनगरमा सञ्चालित निजी अस्पतालले नर्सलाई पारिश्रमिक नदिएपछि श्रम कार्यालयमा उजुरी गरेको क्षेत्रीले बताए । उनले भने ‘ पहिले मोटरसाइकल चढने अस्पताल सञ्चालक अहिले आलिसान कार चढने भएका छन् । तर त्यहा काम गर्ने नर्स भने विना तलवी छन । काम गर्दै आएकालाई नियुक्ती पत्र र पारिश्रमिक दिनुपर्ने नियम छ । विडम्बना कानुनको खिल्ली उडाउछन अस्पतालका सञ्चालकहरु ।’
उनले विराटनगरमा सञ्चालित गोल्डेन,आरके चिल्डेन,नोवेल, न्यूरो,लाईफगार्ड, सुरक्षा, ग्रिनक्रस, विराट नर्सिङहोम, श्री अस्पताललगायतले श्रम शोषण गरेको भन्दै श्रम कार्यालयमा उजुरी दिएको बताए ।
देशभरका १सय १७ भन्दाबढी नसिर्ङ कलेजबाट प्रत्येक वर्È ६ हजारको हाराहारीमा नसिर्ङ जनशक्ती उत्पादन हुने गरेका छन् । तर सवैले रोजगारी पाउन सक्दैनन । रोजगारी नपाउदा स्यमसेवकको रुपमा काम गर्न बाध्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्