“मेरो तलव बालबलिकामा खर्च गर्छु” -मन्त्री महेश आचार्य

<span class='c1'>“मेरो तलव बालबलिकामा खर्च</span> <span class='c2'>गर्छु” -मन्त्री महेश आचार्य</span>

विराटनगर माघ २५ ः वन मन्त्री महेश आचार्यले शिक्षा बालबालिकाको लागि आफुले पाउँदै आएको तलवको केही प्रतिशत खर्च गर्ने बताउनु भएको छ । बालबालिकाको भविश्य शिक्षा सँग जोडिएर आउने भन्दै मन्त्री आचार्यले शिक्षा गरिवी र बिपन्नका बालबालिकालाई लक्षित गरी आफुले पाउँदै आएको तलवबाट बालबालिकाको शिक्षा क्षेत्रमा खर्च गर्ने बताउनु भएको हो ।
मोरङको बैजनाथपुरमा रहेको वेगनलाल निमाबिको स्वर्ण जयनती महोत्सवको समापन कार्यक्रममा बोल्दै उहाँले शिक्षाको अबस्थामा सुधार ल्याउनको लागि सबै पक्ष गम्भीर हुनु पर्ने बताउनु भएको हो । उहाँले बिद्यालयलाई भौतिक पुर्वाधार विकासमा सहयोग गर्ने आश्वासन दिँदै आउने तलवबाट पनि केही प्रतिशत बालबालिकाको लागि खर्च गर्ने उद्घोष गर्नुभएको हो ।
बालबालिकाको शिक्षाको स्तर बढाउनको लागि अभिभावक गम्भीर हुनु पर्ने तर्क गर्नुभएका अचार्यले बालबालिकाको शिक्षा पाउने अधिकारलाई राज्यले पनि सम्बोधन गरेको बताउनुभयो । बिद्यालय ५० बर्ष पुरा गरेको उपलक्ष्यमा बोल्दै बिद्यालयका प्रधानाध्यापक कृष्ण घिमिरेले सबैको सहयोग नहुँदा सम्म शिक्षाको अबस्थामा सुधार ल्याउन नसकिने बताउँदै आफुहरुले बिद्यालयमा बालबालिकाको आकर्षण बढाउनको लागि ठुलो योगदान गरेको बताउनुभयो ।
यही माघ २३ गते देखि शुरु भएको स्वर्ण महोत्सवमा अभिभावक तथा बिद्यार्थीहरु बिचमा बिभिन्न खेलकुद तथा प्रतियोगिताहरुको आयोजना गरिएको थियो । प्रतियोगिताबाट बिजयीलाई सम्मान गरिएको थियो । आजै बिद्यालयमा बिभिन्न स्थानमा रहेर सहयोग गर्ने ४१ जनालाई सम्मान गरिएको छ । कार्यक्रममा जिल्ला शिक्षा अधिकारी दिब्यराज कट्टेल, सभाषद कविता सरदार, भुटनीदेवी खवास, वल्र्डभिजन ईनटरनेशनल नेपालका टंक सुबेदी, ईन्सेक क्ष्ोत्रीय संयोजक सोमराज थापा लगायतले धारणा राखेको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्