हिजो सर्वाेच्च आदालतले ट्रमा सेन्टरको विवादमा दायर भएको निवेदनमा दोस्रो सुनुवाइ गर्दै वीर अस्पताल अन्तर्गत लान मन्त्रिपरिषदको निर्णय कार्यान्वयनलाई नरोक्ने आदेश दिएपछि ट्रमा स्वामित्व विवाद टुंगोमा पुगेको छ ।
योस“गै न्याम्सले आजदेखि दुई सय शैयाको ट्रमा पूर्ण रुपमा सञ्चालनमा ल्याउने जनाएको छ । अदालतको निर्णय आएलगत्तै ट्रमा सञ्चालनका लागि न्याम्सले गरेको तयारी आजदेखि कार्यान्वयन गर्ने न्याम्सका उपकुलपति डा. गणेश गुरुङले बताउनुभएको छ ।