एकीकृत माओवादीका वरिष्ठ नेता डाक्टर बाबुराम भट्टराईले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जंगबहादुरको जस्तो व्यवहार प्रदर्शन नगर्न सुझाव दिनुभएको छ । क्रान्तिकारी पत्रकार संघले आज कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले जंगबहादुर बन्ने प्रवृति रोक्न सबै पक्षले सहयोग गर्नुपर्ने बताउँनुभयो । उहाँले संविधानसभामा मतदान प्रक्रिया नरोकिए देशमा दुर्घटना हुने चेतावनी समेत दिनुभयो ।
बृहत् शान्ति सम्झौता र १२ बुँदे सहमतिमा प्रत्यक्ष संलग्न रहेका पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नहुँदा देशमा संकट आइलागेको भट्टराईको भनाइ थियो ।