विराट गोल्ड कपको उद्घाटन खेलमा लुम्बिनी विजयी

विराट गोल्ड कपको उद्घाटन खेलमा लुम्बिनी  विजयी

goldcup

विराटनगरमा सुरु भएको विराट गोल्ड कपको बिहिवार भएको उद्घाटन खेलमा जगदम्बा लुम्बिनी फुटबल क्लब रुपबन्देही विजयी भएको छ ।
मोरङ फुटबल क्लबलाइ पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै लुम्बिनी फुटबल क्लब विजयी भएको हो ।
निर्धारित समयमा दुवै तर्फबाट समान १-१ गोलको बरार भएपछि ३० मिनेट पछि धकेलिएको थियो । ३० औ मिनेटमा पनि गोल हुन नसकेपछि खेल ट्राईब्रेकरमा भएको थियो ।
खेलको ७२ औ मिनेटमा मोरङ फुटवल क्लवको तर्फबाट सन्तोष चौधरीले गोल गरेका थिए । चौधरीले ६३ औ मिनेटमा टेकबहादुर लिम्बुको स्थानमा मैदान प्रवेश गरेका थिए । त्यसको ८ मिनेटपछि जगदम्बा लुम्बीनीका अनिल गुरुङले गोल गरी बरावरीमा ल्याएका थिए । लुम्बिनिका विश्वास श्रेष्ठको पासमा सदुपयोग गर्दै अनिलले गोल गरेका थिए ।
पेनाल्टी सुट आउटमा लुम्बिनीका विश्वास श्रेष्ठ, रवि सिलवाल, कालु थापा र लक्ष्मण रुचालले गोल गरेका थिए भने बर्सात गुरुङले गरेको प्रहार मोरङका गोल किपर किसोर गीरीले बचाएका थिए । मोरङका विवेक बस्नेत, सन्तोष चौधरी र सुरेन थापाले गोल गरेका थिए भने जसबहादुर राई र राज पौडयालको प्रहार लुम्बिनीका गोल किपरले बचाएका थिए । प्रतियोगिताको म्यान अफ द म्याच मोरङका विवेक बस्नेत घोषित भएका थिए ।
प्रतियोगिताको दोस्रो खेलमा त्रिभुवन आर्मी र ससत्र प्रहरी बलको एपिएफ टिम विच हुने आयोजकले जनाएको छ ।
फागुन ९ गते गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ससत्र प्रहरी बल, त्रिभुवन आर्मी, मनाङमस्याङदी, थ्री स्टार ,नेपाल पुलिस क्लव, युनइटेड सिक्किम, झापा ११, जर्ज टेलिग्राफ कलकता, लुम्बिनी फुटवल क्लव र आयोजक मोरङ फुटवल क्लव सहित दश टीमको सहभागि छन् । प्रतियोगिताको पहिलो चरणमा पराजित हुने मिलाई ३० हजार, दोस्रो चरणमा पारजित हुनेलाई ७५ हजार र सेमी फाइनलमा पराजित हुने टिमलाई एकलाख प्रोत्साहन रकम प्रदान गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा म्यान अफ द सिरिजलाई टिभिएस मोटरसाइकल प्रदान गरिने छ ।
प्रतियोगिता सञ्चालन गर्न करिब ९० लाख रुपैया“ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको बिजेताले ५ लाख एक हजार तथा उपविजेताले ३ लाख एक हजार नगदसहित ट्रफी प्राप्त गर्नेछन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्