कहिले खुल्ला लाइसेन्स?

कहिले खुल्ला लाइसेन्स?

मन्त्रिपरिषद्बाट पारित भएको तीन महिना बित्दा पनि सरकारले सार्वजनिक सवारीचालक अनुमतिपत्रको नियमावली कार्यान्वयन गर्न सकेको छैन । नयाँ नियमावली लागू हुन नसक्दा नयाँ लाइसेन्स वितरण प्रक्रिया बन्द भएको छ । यातायात व्यवसायी र यातायात मजदुरको दबाबमा नियमावली लागू हुन नसकेको हो । नयाँ नियमावलीअनुसार मात्र लाइसेन्स वितरण गर्ने भन्दै यातायात कार्यालयले लाइसेन्स वितरण रोक्दै आएको छ । गत २५ मंसिरको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक सवारीचालक अनुमतिपत्र नियमावली २०७१ पारित गरेको थियो । मन्त्रिपरिषद्ले तत्काल राजपत्रमा प्रकाशित गरेर लागू गर्ने बताए पनि हालसम्म राजपत्रमा प्रकाशित हुन सकेको छैन । मजदुरको विरोधका कारण नियमावली लागू गर्न नसकिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसी सिटौलाले बताए । ‘उनीहरुले १० कक्षा पासको प्रावधान संशोधन हुनुपर्ने बताएका छन्,’ सिटौलाले भने,’ त्यसकारण नियमावली कार्यान्वयनमा ढिला गरिएको हो । हामी छलफलकै क्रममा छौ ।’ यो समाचार नयाँ पत्रिकाले छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्