आज भ्यालेन्टाईन डे, अर्थात प्रेम दिवस

आज भ्यालेन्टाईन डे, अर्थात प्रेम दिवस

 

प्रेम देवान

विराटनगर २ फागुन ।

आज १४ फ्रेबअरी अर्थात भ्यालेन्टाईन डे को रुपमा प्रेम दिवस विश्वभरि नै मनार्इंरहेका छन् । पछिल्लो समयमा युवा युवती माझ लोकप्रिय बन्दै आएको भ्यालेन्टाईन डे अर्थात प्रेम दिवस एकआपसमा प्रेम साटासाट गर्दै यो दिवस मनाउने गरिन्छ । आफुलाई मन परेका ब्यक्तिलाई रातो गुलाफ दिएर प्रेम प्रस्ताव राख्ने चलन छ । भ्यालेन्टाईन डे मनाउने पश्चिमा मुलुकको संस्कृति भए पनि नेपालमा यसप्रतिको आकर्Èण्ँ केही बर्È यता ह्त्तै बड्दै गएको छ ।

आज त्यही दिन हो जसको प्रेम प्रेमीका छन् ती खुशीमा छन् जसको छैनन् ती खोजीमा छन् ।

नेपाली तन्नेरीहरुको मन आज बहसमा रहको हुदैन आजको प्रेम दिवस मनाउने योजना एक हप्ता अगाडी देखी नै तय भएको हुन्छ । कहां जाने ? के गर्ने र कस्तो उपहार दिने भनेर सोचमा युवाहरु चुमलिएको छन् । नेपालमा विशेÈत ः युवापुस्ता माझ चलेको पाईएता पनि पश्चिमी मुलुकहµमा सबै उमेर समुहका मानिसहरु यो पर्वमा झुम्मिने गर्दछन् । विशेÈगरी किशोरावस्थाका केटा–केटी,प्रेमी–प्रेमिका,दम्पती र प्रेम प्रस्ताव राख्न आतुरहरु गुलाफको फुल र उपहार साटासाट गरि यो पर्व मनाउने गर्दछन् ।

नेपालमा रहेका युवाहरु खास गरी वैदिशिक रोजगारीका लागी प्रस्थान भएपछी आफ्नी प्रेमी , प्रेमीका संग भ्यालेन्टाईन डे मनाउन नपाउदां कतिपय प्रेमीहरु निरास पन देखीएका छन् । हुनत जतिनै टाढा भए पनि ईन्टरनेट र मोवाईलको प्रयोगले झन नजिक बनाएको विराटनगर ११ की १७ बर्षिय संञ्जु नेपाल बताउछिन् , आजको दिन मेरा लागी लक्की डे नै भएको मान्छु , किनभने आज मेरा जन्म दिन पनि परेका कारण जन्मदिन संगै भ्यालेन्टाईन् डे मनाउने सोच थियो , तर आफ्नो प्रेमी बैदेशिक रोजगारीका गएका कारण फोन र ईन्टरनेटबाट नै एक आपसमा माया साटासाट गर्ने योजना रहेको उनी बताउछिन् । विराटनगर १७ का विवेक लामा अहिलेको जमनामा कस्को पो प्रेमी प्रेमिका हुदैन र ? मेरो पनि प्रेमीका विशेष तालिमका कारण नेपाल बहिर गएकाले फोन र स्काईपको माध्मबाट प्रेम दिवस शुभकामना सेयर गर्ने बताउन् , अगिल्लो बर्ष हामी संगै थियौ तर यसपाली पहिलेको भन्दा अलिक नरमाईलो लाग्ने लामा बताउछन् । विराटनगर ५ का युवा अभियन्ता सितल पोखरेलको भने अलि फरक रुपमा सम्झन्छन् पछिल्लो समयमा वैदेशिक संस्कृती भएका कारण यसले केही युवा पुस्तामा विकृती पनि फैलाएको छ, कारण सही प्र्रेम गर्न नजानेर यसलाई फेसनको रुपमा लिन खोज्दा समाजमा नकारत्मक फैलाउन थालेको छ, । पोखरेल भन्छन् आफ्ु विशेष तालिम कारण आफ्नी प्रेमीकासंग प्रेम दिवस मनाउन नपाउंदा ज्यादै दुःखलागेको सुनाउछन् । तर जे भए पनि फोन र एस एम एसको सहायताले एक आपसमा माया साटा साट गर्ने बताउछन् ।

प्रेम दिवसलाई पल्टाएर हेर्ने हो भने रोमन साम्राज्यको पालामा भ्यालेन्टाइन नामका एक पादरीले राजाको निर्देशनको अवज्ञा गर्दै युवायुवतीहरुलाई प्रेमका लागि उत्प्रेरित गरेको र विवाह गराएको अभियोगमा शासकहरुले मृत्युदण्ड दिएपछि उनैको सम्झनामा हरेक वर्È यो दिवस मनाउने गरिएको इतिहास छ ।

प्रविधिको द्रुत विकास संगै यसले प्रेमलाई सस्तो बनाउदै पनि गएको छ । मोबाइल, फेसबुक जस्ता प्रविधिबाट अनेकौं प्रेमी,प्रेमिका बनाउने चलन बढेको छ । युवाको नजरमा राम्री युवती त युवतीको नजरमा अलि मालदार युवक परि हाल्नाले प्रेम निक्कै सस्तिएको छ । हुन त सबैलाई एउटै टोकरीमा हाल्न मिल्दैन तर अधिकतम को जिवनमा यो प्रसङग मेल खान्छ । जसको कारण्ँ भ्यालेन्टाईनको नाममा विकृती फैलदै गएको छ । प्रेमको आत्मा भड्किएको छ । यो परम्परा लाई तोडेर सच्चा प्रेम गर्ने वातावरण्ँ बनेको खण्डमा पक्कै पनि भ्यालेन्टाईनको आत्माले शान्ति पाउने थियो होला । त्यसैले आजको प्रेम दिवस मनाई रहदा सबैलाई आग्रह एक आपसको भावनाको कदर गर्दै प्रेम दिवस मनाउनुहोस , सच्चा प्रेम गरौं । प्रेमलाई फेसन नबनाऔं । भ्यालेन्टाईन डेको सबैलाई शुभकामना †††

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्