गरिवीले गर्दा उपचार भएन बालकको

गरिवीले गर्दा उपचार भएन बालकको

हरि अधिकारी
लेटाङ ÷साना उमेरका बालवालिकाहरुलाई भविष्य उज्वल बनाउन भन्दै अभिभावकहरुले स्कुल पठाउछन् । पढन पाउने बालवालिकाको अधिकार पनि हो । तर लेटाङ भोगटेनी नगरपालिका ७ किर्तीमान टोलका एक बालकको दैनिकी भने फरक छ । ११ बर्षका उमेश राई मानसिक सन्तुलन गुमेका कारण स्कुल जान पाउदैनन् ।umesh 1
अति विपन्न परिवारका राईलाई उपचार गर्नकालागि परिवारले आटपनि गर्न पनि सकेको छैन् । रत्नकुमारी राईका छ सन्तान मध्ये साइलो छोरा उमेशले उपचार पाएका छैनन् । उनको परिवारले उपचार गर्न त परै जाओस अन्य ५ सन्तानलाई पालन पोसन गर्न समेत मुस्किल पर्छ ।
आर्थिक अभावका कारण छोराको उपचार गर्न नसकेको आमा रत्न बताउछिन् । तिनबर्षको उमेरमा मानसिक समस्या देखा परेपनि उनको उपचारकालागि कतै लैजान नसकेको रत्नले बताइन् । विगतलाई सम्झदै उनले भनिन् ‘ सानैमा विरामी भएको थियो । त्यतीबेला लेटाङ बजारमा भएको जनसेवा क्लिनिकमा लगेको थियौ । धेरै पैसा लिएर औषधी दियो । औषधी खुवाए तर जाती भएन् ।’
औषधी उपचारकालागि लेटाङ बजारदेखी बाहिर लैजान नसकेको उनको परिवारले धामि झार्कीकालागि भने धेरै ठाउ डुलाएका छन् । धामीले पाच बर्षको हुदा धामि बन्छ भन्थे उनले थपिन् ‘ ११ बर्ष भै सक्यो धामी त के केही बोल्दैन् पनि ।’ धामीले जंगली लागेको भन्दै झारफुक गर्ने गरेपनि अझै जाती नभएको रत्नाले बताइन् ।
उपचार गर्ने पैसा नभएका कारण झारफुक कै भरमा छन् उमेशकी आमा । धामीले पटक पटक धामी निस्कन्छ भन्दै आश्वास दिए । तर उनलाई पत्यार लागेको छैन् । धामिको विश्वास नगरेर उपचार गर्न लैजाउ भन्दा उपचारमा लाग्ने पैसा छैन् उनिस“ग ।’
आफना सन्तान स्कुल गएको हेर्ने चाहना जो कोही अभिभावकको हुन्छ । यस्तै चाहना छ रत्नाको पनि । छोरा जाती भएर पढन स्कुल गएको हेर्ने चाहान्छिन उनी । तर उपचार गर्ने रकम नहुदा यतिका बर्ष सम्मपनि छोरो स्कुल जान थालेको हेर्न पाएकी छैनन् । भावुक हुदै उनले भनिन् ‘छ वटा छोराछोरी छन् । आफनो खेती छैन् । अधीया खेती गरेर परिवार पाल्नु पर्छ । छोराको उपचार गर्ने पैसा कहाबाट ल्याउनु ।’umesh2
मानसिक रुपमा विचिप्त बालक प्रष्ट बोल्न समेत सक्दैनन् । उनको भाव कसैले बुझदैन् । उमेश बेला बेला लामो सास फेर्छन र रुने मात्र गर्छन् । घरमा बस्नै नमान्ने उनलाई भात खानेबेला खोजेर ल्याउनु पर्छ । आमाले भनिन् ‘भात खानपनि जान्दैन आफै खुवाई दिनु पर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्