पारसलाई जेलमा गएर भेट्दै हिमानी

पारसलाई जेलमा गएर भेट्दै हिमानी

पूर्वयुवराज्ञी हिमानीले आज मंगलबार थाइल्यान्डमा जेल जिवन बिताइरहेका आफ्ना पति पूर्वयुवराज पारस भेट गर्दैछिन् । उनले parasथाइल्याण्डको स्थानीय उदुङखानी जेलमा गएर पारसलाई भेट्ने भएकी छिन् । बिहीबार स्वकीय सचिव स्मिता सिंहका साथ थाइल्यान्ड पुगेकी हिमानी पतिसँग भेटलगत्तै नेपाल फर्कने कार्यक्रम रहेको बताइएको छ । उनका साथमा निजी सचिव सिंह, धीरेन्द्रपुत्री सिताष्मा, वकिल साक्छाई र केही नेपालीलेसमत सँगै भेट गर्ने सम्भावना रहेको समाचार सार्वजनिक भएको छ । पूर्वरानी कोमलको पर्सि फागुन ७ गतेको जन्मदिन मनाउन हिमानी नेपाल आइपुग्न लागेकी हुन् । श्रोतका अनुसार जमानत फिर्ता लिएर निजी वकिल साक्छाईलाई परिवारले मिलाएपछि उनी समेत पारसलाई भेट्न जान लागेकी हुन् । थाइल्यान्डस्थित नेपाली दुतावासको पत्रसहित हिमानीसहित नेपाली टोली उदुङखानी कारागार जान लागेको हो । दूतावासको आधिकारिक पत्र भएमा लामो समयसम्म भेट गर्न दिने व्यवस्था भएपछि थाइल्यान्ड पुगेको टोलीले दूतावासको पत्रसहित पारसलाई भेट्न लागेको हो ।

Source: Nepal pati

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्