अज्ञात समूहले दुई किशोरीमाथि एसिड प्रहार

अज्ञात समूहले दुई किशोरीमाथि एसिड प्रहार

काठमाडौंको बसन्तपुरमा अज्ञात समूहले दुई किशोरीमाथि एसिड छ्यापेका छन । बसन्तपुर झोछेस्थित ए प्लस ट्युसन सेन्टरमा बसिरहेको अवस्थामा रामेछाप खनियापानी ८ घर भई बसन्तपुर बस्ने १६ वर्षिय संगिता मगर र रौतहटकी १५ वर्षीय सीमा बस्नेत माथि एसिड प्रहार भएको हो । दुबै किशोरी एसएसलसी तयारीका लागि ट्युसन पढ्न गएका थिए ।
पीडितहरुका अनुसार मास्क लगाएर आएको ३÷४ जनाको समूहले एसिड छ्यापेर भागेको थियो । प्रहरीका अनुसार एसिडले संगिताको छाती र खुट्टामा गम्भीर चोट लागेको छ । उनको वीर अस्पतालमा उपचार भइरहेको छ । सीमाको भने अनुहारमा नै एसिड परेको छ । उनलाई केएमसी अस्पताल सिनामंगल रिफर गरिएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्