गृह मन्त्रालयले आन्दोलनको नाममा राजमार्ग तथा मुख्य व्यापारिक नाका बन्द नगर्न आग्रह

गृह मन्त्रालयले आन्दोलनको नाममा राजमार्ग तथा मुख्य व्यापारिक नाका बन्द नगर्न आग्रह

गृह मन्त्रालयले आन्दोलनको नाममा राजमार्ग तथा मुख्य व्यापारिक नाका बन्द नगर्न आग्रह गरेको छ । सेवा केन्द्र स्थापनाको निर्णयको समर्थन र विरोधमा बारामा भइरहेको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले विज्ञप्ती निकालेर आवागमन नै बन्द गर्ने, राजमार्गमा अवरोध गरी आपूर्ति व्यवस्थालाई अवरुद्ध पार्ने, सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी गने कार्य नगर्न मन्त्रालयलले अनुरोध गरेको छ
साथै वार्ताको माध्यमबाट समाधान गर्न पटकपटक प्रयास भइरहँदा पनि हालसम्म कुनै सुधार नभएको मन्त्रालयले जनाएको छ । कसैले कानुन हातमा लिई गैरकानुनी काम गरे कानुनबमोजिम कारबाही हुनेतर्फ गृह मन्त्रालयले सचेत गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्