विराटनगरमा ‘फाउन्टेन इको पार्क’ निर्माण कछुवा गतिमा

विराटनगरमा ‘फाउन्टेन इको पार्क’ निर्माण कछुवा गतिमा

हरि अधिकारी
विराटनगर÷ देशकै ठुलो सहर विराटनगरमा घुम्नकै लागि भनेर एउटा रमणीय क्षेत्र पनि छैन । विराटनगर घुम्न योग्य गन्तव्य बनाउन भन्दै दुई बर्ष अघि देखी योजना सुरु गरियो । तर निर्माता र लगानी कर्ताको उदासिनताका कारण पार्क निर्माण पुरा हुन सकेको छैन् ।
विराटनगर उपमहानगरपालिका र मोरङ व्यापार संघको संयुक्त लगानीमा दुई बर्ष अघिदेखी सुरु गरिएको पार्क अझै निर्माण सकिने अत्तो पत्तो छैन् । विराटनगर–१० स्थित विरेन्द्र सभा गृहको प्राङगणमा निर्माण सुरु गरिएको पार्क नियमनकारी निकाय र ठेकेदारको ढिला सुस्तीका कारण विराटनगरको सत्तबाषिकोत्सव स“ग जोडर प्रचार प्रसार गरिएको ‘फाउन्टेन इको पार्क×’ कछुवाको गतिमा छ । मोरङ व्यापार संघले निर्माण गर्ने जिम्मा लिएको पार्क बनाउने कार्य कछुवाको गतिमा सञ्चालन भैरहेको छ ।
पार्क निर्माणकालागि विराटनगर उपमहानगरपालिकाले ५६ लाख ५३ हजार ६सय ७० रुपैया लगानी गरेको छ भने निर्माणको जिम्मा लिएको मोरङ व्यापार संघले ५ लाख ९४ हजार ८सय ५२ रुपैया लगानी गरेको छ ।
दुवै पक्ष विच २०६९ साल असार ४ गते २१ दिन भित्र निर्माण गर्ने सम्झौता भएको थियो । दुवै पक्षले २१ दिनपछि २०६९ असार २५ गते निर्माण सम्पन्न गर्ने भनि सम्झौता गरेका छन । कागजी प्रकृया मिलाउनका निम्ती तत्कालिन कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मी र उपभोक्ता समितिका अध्यक्ष पनकुमार सारडाले २५ दिनमा निर्माण सक्ने भन्दैे सम्झौतामा हस्ताक्षर गरेका छन् । पहिलो किस्ता बापतको १५ लाख रुपैया रकम निकासा गर्नकालागि कागजी प्रकृया मिलाइएको हो ।
स्थानीय र बाह्य पर्यटकलाई लक्षित गरेर निर्माण सुरु गरिएको पार्क समयमा नै निर्माण भए पर्यटकिय स्थलको रुपमा चिनाउन सकिन्थ्यो । तर निर्माण कार्यले गितिलिन सकेको छैन् ।
विराटनगरमा एउटा स्थानलाई पर्यटकीय स्थललको रुपमा विकास गर्न सके घुम्नकै लागी अन्यत्र ठाउ जानु नपर्ने स्थानीय बताउछन् । तर निर्माणमा हुने ढिला सुस्तीले गर्दा समयमा नै निर्माण कार्य सक्न मुस्किल छ ।
२०६९ साल असारमा म्याद सकिएपछि २०७२ असार सम्म निर्माण गरी सक्ने गरी दुइ बर्षको म्याद थप गरिएको छ । सम्झौतापत्रमा पनि एक पटक भन्दा बढि म्यमद थप गर्न नमिल्ले उल्लेख गरिएको छ । तर तोकिएको मितिमा काम सक्न मुस्किल छ ।
विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपाल रेग्मीले पार्क निर्माणमा ढिला सुस्ती भएको स्वइकार गर्दै चाडो सम्पर्न गर्न भनिएको बताए । उनले निर्माणकालागि थपिएको २ बर्षको म्याद सकिनै लागेको भन्दै घटस्थापनाको दिन उदघाटन गर्ने तयारीमा आफु रहेको उनले बताए ।
यता उपभोक्ता समितिका अध्यक्ष पवनकुमार सारडाले नगरपालिकाको उदासिनताका कारण निर्माणमा ढिलाई भएको बताए । उनले नगरपालिकाले निर्माणकालागि आवश्यक रकम निकास गर्न आलटाल गरेकाले काम गर्न नसकिएको बताए । उनले नगरपालिकाले समयमा नै बजेट निकास गरेको भए तोकिएकै मितीमा निर्माण सकिने जानकारी दिए । उनले भने ‘ नगरपालिकाले समयमा पैसा नदिदा ढिलो भयो तर अझै तिन महिना समय बाकी छ । बाकी रहेको समयमा सक्नेगरी काम थाल्छौ ।’ निर्माणकार्य निरन्तर सञ्चालन गरिने उनको भनाई छ ।
जानकारी खै
उपमहानरगपालिका र व्यापार संघको संयुक्त लगानीमा निर्माण सुरु गरिएको पार्कको बारेमा सर्वसाधरणलाई जानकारी छैन् । नियम सम्वद हेर्ने हो भने कुनैपनि विकास निर्माणको काम गर्दा लागत बजेट, सम्झौता मिती, निर्मातालगायतको सम्पूण विवरण खुल्नेगरी हेडिङ बोर्ड बनाएर सवैले देखिने गरी राख्नु पर्ने हो । तर सम्झौता मिति र निर्माणकालागि थप गरिएको मिती सकिनै लाग्दापनि सुचना पाटी राखिएको छैन् । उपभोक्ता समितिले सम्झौतापत्रको १५ नम्मरमा उपभोक्ता समितिको नाम, योजना सुरु हुने मिती लागत स्पष्ट उल्लेख गरी साइट बोर्ड बनाउने भनी हस्ताक्षर गरिएपनि कार्यनयन गरिएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्