गौरमा लगाइएको कर्फ्यु हटाइयो ।

<span class='c1'>गौरमा लगाइएको कर्फ्यु</span> <span class='c2'>हटाइयो ।</span>

प्रबिन दाहाल / स्थानीयबासीको प्रदर्शनले उग्ररुप लिएपछि रौतहट सदरमुकाम गौरमा लगाइएको कर्फ्यु हटाइएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले हिजो दिउँसो दुई बजेदेखि लगाएको कर्फ्यु आज बिहान चार बजे बाट हटाएको हो ।
मालपोत तथा नापी कार्यालय , गौरबाट चन्द्रनिगाहपुर स्थानान्तरण गर्ने सरकारी निर्णयको विरोधमा भएको प्रदर्शन सरकारले निर्णय फिर्ता लिएसँगै केही सामान्य बनेको भएपनि प्रहरीको गाडीको ठक्करबाट गौरका ६४ वर्षका राम आशिष ठाकुरको मृत्युभएपछि फेरि प्रर्दशन चकिर्कको हो । समस्या समाधानको प्रयासमा आज पनि प्रशासन र प्रदर्शनकारीबीच वार्ता हुदैछ । आन्दोलनकारीले प्रहरीको गाडीको ठक्करबाट मृत्यु भएका ठाकुरलाई शहिद घोषणा गरिनुपर्ने, घाइतेहरुको उपचार निशुल्क हुनुपर्ने र ज्यादती गर्ने प्रहरीलाई कार्वाही हुनुपर्ने लगायतका ७ बुँदे माग राखेका छन् ।
................

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्