जेष्ठ नागरिक सेवा समाजले आयोजना गरेको स्वास्थ्य शिबिरमा १ सय ७ जेष्ठ नागरिकहरुले स्वास्थ्य परिक्षण गराएका छन । बिराटनगर - ६ स्थित एक बिद्यालयमा भएको स्वास्थ्य शिबिरमा बिराट आखा अस्पतालका डाक्टरहरुले आखाको उपचार गरेका थिए भने बिराट अस्पतालका डाक्टरहरुले हाड्जोर्नी लगायतको उपचार गरेका थिए ।