२७ चैत बिराटनगर/ मोरङमा सवारी दुर्घटना भयावह बन्दै गएको समाचार आजको नागरिक पुर्बेलीले छापेको छ । मोरङमा बिगत ८ महिना मा ५५ जनाले आफ्नो ज्यान गुमाइ सकेका छन भने धेरै घाइते भएका छन । सवारी दुर्घटनाको मुख्य कारण पैदल यात्री र सवारी चालक नै भएको प्रहरीको भनाइ छ । जिल्लामा भयावह रुपमा सवारी दुर्घटना हुँदै गए पनि यस्लाई रोक्न खासै काम भएको छैन । मोरङमा दैनिक जसो सवारी दुर्घटना हुने गरेको छ ।