खुल्ला संस्कृति रक्षा दौड हुदै

<span class='c1'>खुल्ला संस्कृति रक्षा</span> <span class='c2'>दौड हुदै</span>

। हिन्दु स्वयंसेवक संघ नेपाल अञ्चल कार्यालय कोसी र आमाको मायाँ छात्राबास विराटनगरको आयोजनामा आगामी बैशाख २ गते विराटनगरमा खुल्ला संस्कृति रक्षा दौड प्रतियोगिताको आयोजना गरिने भएको छ ।
दौड आयोजनका लागि गौतम बुद्ध मेमोरियल सेकेन्डरी स्कुलका प्रिन्सीपल केशवलालसिंह सुवालको नेत्रृत्वका २५ सदस्यीय समिति बनाइएको छ । आयोजकले शनिबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगितका बारेमा जानकारी दिएको हो । मुलुकको संस्कार संस्कृति तथा सभ्यतालाई कायम राख्दै मौलिक संस्कृतिको जगेर्ना र विकासका लागि दौडको आयोजना गर्न लागिएको संयोजक सुवालले बताउनु भयो ।
विभिन्न जातजाति धर्म संस्कृतिले साझा रुपमा मान्दै आएको नेपाली परम्परा विक्रम संवतको महत्व र प्रभाव बढाउनका लागि पनि संस्कृति रक्षा दौडाको आयोजना गर्न लागिएको जानकारी सुवालले दिनु भयो । विराटनगर स्थित आदर्श उच्च माविबाट सुरु हुने प्रतियोगिता विराटनगरका विभिन्न ठाउँको परिक्रमा गर्दै आदर्श माविमा पुगेर टुँगिने छ । सुवालका अनुसार हरेक साल नयाँ वर्षको अवसर पारेर नेपालका विभिन्न स्थानमा गरिंदै आएको यो दौडा विराटनगरमा भने तेस्रो पटक आयोजना गर्न लागिएको ह ो । नेपालका भैरहवा, विरगन्ज, काठमाडौं, धनगढी, महेन्द्र नगर लगायतका ठाउँमा संस्कृति रक्षा दौड हुँदै आएको छ । आयोजकले प्रशिद्ध हिन्दी धार्मिक सिरियल महाभारतमा भिष्मपितामहको भुमिका निर्वाह गर्नु हुने मुकेश खन्नालाई प्रमुख अतिथिका रुपमा निम्ता गरेको छ । प्रतियोगितामा एक हजार पाँच सय जनाले सहभागिता जनाउने आयोजकले जनाएको छ । प्रतियोगितामा विजेता मध्ये प्रथम हुनेलाई १५ हजार, द्धितियलाई १० हजार र तृतिय हुनेलाई पाँच हजार रुपैयाँ पुरस्कार राशी प्रदान गरिने छ । सात जनालाई एक एक हजारका दरले सान्त्वना पुरस्कार दिइने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्