दुर्घटनामा परी २०७१ सालमा मोरङमा मात्रै ९७ जनाको मृत्यु

दुर्घटनामा परी २०७१ सालमा मोरङमा मात्रै ९७ जनाको मृत्यु

२०७१ सालमा मोरङमा दुर्घटनामा परी ९७ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ । २०७१ सालमा मोरङ जिल्लामा भएका ३ सय ९१ वटा सवारी दुर्घटनामा ९७ जनाको मृत्यु भएको हो । यस्तै ०७१ सालमा विभिन्न सवारी साधनलाई कारबाही गरी १ करोड ८६ लाख ७१ हजार ८ सय रुपैयाँ राजस्व उठाएको कार्यालयले जनाएको छ । जसमा २९ हजार ३ सय २२ वटा मोटरसाइकलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ । यस्तै १० हजार ५ सय ७ ट्रक, ५ हजार ४ सय ७३ बस, ४ हजार ७ सय ९८ कार–जिप, भ्यान, ६ हजार १ सय ७ ट्रयाक्टर र १ हजार १ सय ६३ वटा ट्याम्पोलाई कारबाही गरिएको छ । साँघुरो सडक र चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय विराटनगरका प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिनुभयो । “मुख्य त चालकको लापरबाहीकै कारण दुर्घटना भएको पाइन्छ,” श्रेष्ठले भन्नुभयो, “त्यसपछि साँघुरो सडकले पनि दुर्घटना बढेको हो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्