निर्वाचित पदाधिकारीलाई सम्मान

निर्वाचित पदाधिकारीलाई सम्मान

 

विराटनगर,

नेपाल दशनामी समाजका नव निर्वाचित कार्य समिति पदापिधकारी तथा सदस्यहरुलाई शुत्रबार विराटनगरमा सम्मान गरिएको छ ।

गत चैत २१ गते काठमाण्डौंमा सम्पन्न अधिवेशनबाट निर्वाचित दशनामी समाजका पदाधिकारीलाई मोरङ दशनामी समाजले सम्मान गरेको हो । समाजको सम्मेलनले विराटनगरका रन्जन गिरीको अध्यक्षमा नयाँ कार्य समिति गठन गरेको थियो । नेपाल दशनामीमा गिरी, पुरी, भारती, पर्वत, सागर, सरस्वती, र्थलगायत गरी १० वटा थर पर्दछन् । कार्यक्रममा समाजका सल्लाकार टिकाराम पुरी, समाजको कोशी अञ्चल अध्यक्ष तेजचन्द्र गिरी, सदस्य रचना गिरीलगायले नयाँ कार्य समतिलाई बधाई तथा शुभकामना दिनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्