खानेपानीका बोतलहरूमा दूषित पदार्थ

<span class='c1'>खानेपानीका बोतलहरूमा</span> <span class='c2'>दूषित पदार्थ</span>

खानेपानी उत्पादक कम्पनीहरूको लापरबाहीका कारण पछिल्लो समय बिक्रीका लागि तयार पारिएका खानेपानीका बोतलहरूमा दूषित पदार्थ भेटिने क्रम बढेको छ । सोमबार मात्र विराटनगर–१३ स्थित श्रीजल उद्योगले उत्पादन गरेको एक्वामरीन नामक पानीको वोतलमा फोहोरा भेटिएको छ ।  जिल्ला शिक्षा कार्यालय मोरङमा सोमबार बिहान मगाइएको श्रीजल उद्योगले उत्पादन गरेको एक्वामरिन नामक पानीको बोतलमा फोहोर भेटिएको हो । एक कार्टुन पानीका बोतल मगाइएकोमा कार्टुनमा रहेका सबै बोतलको पानीमा फोहोर पदार्थ भेटिएको छ । श्रीजल उद्योगले उत्पादन गरेको ०५ एम १९ ब्याच नम्बरको पानीमा फोहोर भेटिएको हो । फोहोर भेटिएपछि पब्लिक फोरम विराटनगरका प्रतिनिधिहरूले  खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरलाई जानकारी गराएका थिए । पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले प्रदूषणयुक्त पानी बजारमा पठाएर कम्पनीले सर्वसाधारण उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गरेको आरोप लगाउनुभयो । पछि सरोकारवालाहरूको टोलीले पानी खरिद गरिएको विराटनगर बसपार्क पछाडि रहेको महालक्ष्मी किरानामा अनुगमन गर्दासमेत बेच्नका लागि राखिएको सोही कम्पनीका २ कार्टुन पानीमा समेत फोहोर भेटिएको थियो । महालक्ष्मी किराना पसलका सञ्चालक श्रीराम बस्नेतले आफूलाई उत्पादक कम्पनीले नै त्यस्तै पानी ल्याएर दिएको बताउनुभयो । उहाँले अक्वामरिन कम्पनीको पेयजलमा मात्र नभई विराटनगरबाट उत्पादन हुने अन्य कम्पनीका पानीहरूमा समेत बेला–बेलामा फोहोर भेटिने गरेको जानकारी दिनुभयो । पानीमा फोहोर भेटिएको सूचना पाएसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षक भरतबहादुर पुरीको नेतृत्वमा आइपुगेको टोलीले नमुना परीक्षणका लागि पानीका बोतलहरूलाई शिलबन्दी गरेर लगेको छ । पानीमा प्रदुषण भेटिएको विषयमा जानकारी लिन उत्पादक कम्पनीका बजार व्यवस्थापक नारायण ठाकुरसँग सम्पर्क गर्दा मेसिनमा खराबी आएका कारण बोतलमा फोहोर मिसिएको दाबी गर्नुभयो । उहाँले ०५ एम १९ ब्याच नम्बरका २ सय ५० कार्टुन पानीमा फोहोर देखिएकाले बजारबाट त्यस्ता कार्टुनहरू संकलन गरिरहेको जानकारी दिनुभयो । यस विषयमा जानकारी लिन श्रीजल उद्योगका सञ्चालक अजय सिंहसँग सम्पर्क गर्न खोज्दा सिंह भने सम्पर्कमा आउन चाहनुभएन । पूर्वका बजारमा बिक्रीका लागि राखिएका खानेपानीमा  बेलाबेलामा दूषित पदार्थ भेटिने गरेको छ ।

 

Source: Makalu

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्