आज मोरङले त्रिभुवन आर्मी क्लवको सामना गर्दै

<span class='c1'>आज मोरङले त्रिभुवन आर्मी</span> <span class='c2'>क्लवको सामना गर्दै</span>

विराटनगर, वैशाख ९ : राष्ट्रिय लिग फुटबलअन्तर्गत बिराटनगरमा हुने खेलमा आज घरेलु टोली मोरङले विभागीय टोली त्रिभुवन आर्मी क्लवको सामना गर्दैछ । स्थानीय सहिद रंगशालामा हिजो आयोजित प्रिम्याच कन्फ्रेन्सका क्रममा दुवै टोलीका प्रशिक्षकले आजको खेललाई सहज रुपमा नलिएको बताएका छन् । त्रिभुवन आर्मी क्लबका प्रशिक्षक मेघराज केसीले घरेलु टोलीलाई कमजोर रुपमा आक्न नसकिने बताए । यद्यपी कैलालीबाट सोमवार राती मात्र विराटनगर आइपुगेकोले आफ्ना खेलाडीहरुले आराम गर्न नपाएको उनले बताए । सोही क्रममा उनले राष्ट्रिय लिगको खेल तालिकामा समेत असन्तुष्टी व्यक्त गरे । आर्मी ६ खेलमध्ये २ मा जीत ४ मा बरावरी गर्दै लिग तालिकाको चौथौ स्थानमा छ । यता, जितको पर्खाइमा रहेको मोरङको टोलीले भने आर्मीसंगको खेलमा शतप्रतिशत नतिजा दिने जनाएको छ । मोरङका प्रशिक्षक पारस चौधरीले त्रिभुवन आर्मी विरुद्ध जित हात पार्ने विश्वास ब्यक्त गरे । घरेलु मैदानमा भएको पछिल्लो दुइ खेलमा एकमा हार एकमा बरावरी गरेको मोरङको टोलीका लागि प्रशिक्षक चौधरीले आर्मीसंगको खेलमा कुनै दबाव नरहेको बताए । यद्धपी लिगको ६ खेलमध्ये मोरङ ३ मा बरावरी र ३ मा हारको सामना गर्दै अन्तिम स्थानमा छ । उता लिग अन्तर्गत आजै झापाको डोमलाल राजवंशी रंगशालामा हुने खेलमा झापा–११ र सशस्त्र प्रहरीको एपीएफ भिड्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्