अब लोकसेवा फाराम अनलाईन नै भर्न सकिने

अब लोकसेवा फाराम अनलाईन नै भर्न सकिने

लोकसेवा आयोगको फाराम भर्ने तयारीमा हुनुहुन्छ भने खुशीको खबर छ । आयोगको फाराम भर्न आयोगको केन्द्रीय, क्षेत्रीय वा अञ्चल कार्यालय धाएर घण्टौं लाइनमा बसिरहनु नपर्ने भएको छ । आयोगले लोकसेवाको परीक्षा फारम अब अनलाइनबाट नै भर्ने विद्युतीय प्रणाली सञ्चालनमा आएको छ । यो प्रणालीको विकास भएपछि परीक्षार्थीहरुले आफ्नै गाउँठाउँबाट अनलाइनमार्फत आयोगको फाराम भर्न सक्नेछन् तथा प्रवेशपत्रसमेत प्रिन्ट गरेर प्राप्त गर्न सकिनेछ ।

आयोगका प्रवक्ता राजीव गौतमले नेपाल विविध सेवा, राजपत्र अनंकित द्वितीय श्रेणी, सहायक कम्प्युटर अपरेटर पद, नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह अन्र्गतका विभिन्न उपसमूहका पदहरु र सर्वे समूह, अमिन पदको दरखास्त फारम परीक्षणका रुपमा अनलाइन प्रणालीमार्फत स्वीकृत गर्ने निर्णय गरेको गोरखापत्रमा उल्लेख गरिएको छ |

यस प्रणाली सञ्चालन प्रतिको प्रतिक्रिया हेरेर आगामी दिनमा बाँकी पदका लागि पनि अनलाइन विज्ञापन सुरु गर्ने तयारीमा आयोग लागेको जानकारी उनले दिए । आयोगको यो लिंकमा क्लिक  गरेर एकाउन्ट खोलि फरक भर्न सकिनेछ | आयोगले प्रयोगकर्तालाइ सजिलोको लागि युजर गाइड पनि उपलब्ध गराएको छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्