४ लाख रुपैयाँ नाफा भयो विराट गोल्डकपमा

४ लाख रुपैयाँ नाफा भयो विराट गोल्डकपमा

विराटनगरमा सम्पन्न तेस्रो विराट गोल्डकप फुटबल प्रतियोगिताको खर्च सार्वजनिक गरिएको छ । विराट गोल्डकप ट्रष्टले  विराटनगरमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको हिसाव सार्वजनिक गर्दै  प्रतियोगिताबाट ४ लाख रुपैयाँ बचत भएको जानकारी दिएको छ । प्रतियोगिता आयोजक समितिका अध्यक्ष राजेन्द्र राउतले गतबर्ष माघ र फागुनमा आयोजना गरिएको प्रतियोगितामा कुल ७० लाख ७९ हजार ७ सय ७० रुपैयाँ ५६ पैसा आम्दानी भएकोमा ४ लाख ४१ हजार ७ सय ७८ रुपैयाँ नाफा भएको जानकारी दिनुभयो । प्रतियोगिता आयोजना गर्न ६६ लाख ५७ हजार ७ सय ७८ रुपैयाँ ५६ पैसा खर्च भएको राउतले जानकारी दिनुभयो । उहाँले यस वर्ष पनि गत वर्ष सञ्चालन गरेकै समयमा गोल्डकप सञ्चालन गर्ने तयारी गरिएको भन्दै एन्फासँग खेलको समय तालिकाका लागि कुराकानी भइरहेको जानकारी दिनुभयो । यसैबिच २०६९ सालमा भएको विराट गोल्डकपको हिसाब भने अहिलेसम्म सार्वजनिक गरिएको छैन । हिसाब मिलानमा विवाद भएपछि २०७० सालमा प्रतियोगिता नै आयोजना हुन सकेन । त्यसअघि प्रत्येक वर्ष हुँदै आएको प्रतियोगिता नाफामा गएपनि २०६९ सालमा भने करिब नौ लाख रुपैयाँ घाटा भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्