बिराटनगरमा सहिद मैदान र अरु केहि कलेजका मैदान बाहेक सबै ठाउँमा बस्ती बसी सकेको अवस्थामा खेल मैदानको अभाव सृजना भएको छ । त्यसै अभावलाई पुरा गर्न बिराटनगरमा इन्डोर खेल मैदान सुरु भएको छ । " द स्पोर्ट्स हब " नाम दिएर बिराटनगर - ३ शनिहाटमा फुटसल र इन्डोर क्रीकेट खेल्न सकिने मैदान सन्चालनमा आएको हो । । बिहान ६ बजे देखी बेलुकी १० बजे सम्म स्पोर्ट्स हब खुल्ला हुने छ । यहाँ दिउसो अथवा राती जुनै समयमा पनि बिभिन्न खेलहरु खेल्न सकिने छ ।