विराटनगरका निजी अस्पताललाई श्रम कार्यलयको चेतावनी

विराटनगरका निजी अस्पताललाई श्रम कार्यलयको चेतावनी

विराटनगर/ विराटनगरमा सञ्चालित निजी अस्पतालहरुले सरकारी निकायको निर्देशन नमान्ने गरेको पाइएको छ । । मनोमानी रुपमा सञ्चालन हुदै आएका निजी अस्पतालहरुले सरकारी निकायले दिएको निर्देशन नमान्ने गरेका हुन् ।

निजी अस्पतालमा कार्यरत नर्स, सफाई मजदुरहरुलाई भोलेन्टियरी रुपमा खटाएको भन्दै उजुरी परेपछि श्रम कार्यालयले निजी अस्पतालहरुस“ग कर्मचारीको विवरण, तलव भत्ता, सेवा सुविधा सहितको विवरण पेस गर्न भन्दै पत्र पठाएको थियो ।

विराटनगर स्थित श्रम कार्यालयले विराटनगरम नाम चलेका न्युरो, विराट नर्सिहङहोस, नोवेल हस्पिटल, गोल्डेनलगायत आरके चिल्डेन, श्री हस्पिटल, ग्रिनक्रस, लाईफ गार्ड, सुरक्षालगायत अस्पताललाई कर्मचारी विवरण, सेवा सुविधा, तलव÷भत्ता सहतिको विवरण पठाउन भन्दै गत माघ १० गते चिठी लेखेको थियो ।

श्रम कार्यालयले चिठि लेखेपछि माघ २८ गते निजी अस्पतालहरुले कर्मचारीको विवरण पठाउन एक महिना लाग्ने भन्दै समय मागेका थिए । निजी अस्पतालको अनुरोधलाई स्वइकार गर्दै श्रम कार्यालयले एक महिना समय दियो । तर थप गरिएको समयमा समेत निजी अस्पतालले विवरण पेस नगरेपछि श्रम कार्यालय कडा रुपमा प्रस्तुत भएको छ ।

कार्यालयको पत्रलाई निजी अस्पतालहरुले व्यावस्था गरेको भन्दै श्रम कार्यालयले तिन दिन भित्र सम्पूर्ण विवरण पेस गर्न भन्दै निजी अस्पताहरुलाई अल्टिमेटम दिएको छ ।

कर्मचारी र तलव स्केल विवरण पेस गर्न पटक पटक आग्रह गरेपनि निजी अस्पतालले वास्था नगरेपनि तिन दिनको समय सिमा तोकेको हो ।

तिन दिन भित्र सम्पूर्ण विवरण अस्पताल र नर्सिङहोमले पेस नगरे कानुन बमोजिम कारवाही गर्ने श्रम कार्यालयले चेतावनी दिएको छ ।

तिन दिनको समय सिमा उल्लेख गरिएको पत्रमा एक महिनाको समयमा समेत विवरण पेस नगरिनुको कारण सहित पठाउन भनिएको छ । तिन दिन भित्र विवरण पेस नगरे प्रचललित कानुन र श्रम ऐन अनुसार कारवाही गरिने उल्लेख छ ।

श्रमले पठाएको पत्रमा तिन दिन भित्र विवरण पेस नगर्ने अस्पताल र नर्सिङहोमलाई श्रम ऐन २०४८ दफा ५५ उल्लेख भए अनुसार खराव आचरणमा कारवाही गर्ने चेतावनी श्रम कार्यालयले दिएको छ । श्रम कार्यालयका शालिग्राम कोइरालाले भने ‘ गत असार र त्यसपछि पुस १० गते सम्पूर्ण कर्मचारीको विवरण, तलव सुविधा, लगायतको विषयमा विवरण पेस गर्न भनेका थियौ । तर निजी अस्पतालले समय सिमा कटेपनि पेस नगरेपछि तिनदिनको अल्टिमेटम दिइएको हो ।’

पारुल क्षेत्रिले नेत्रित्व गरेको एण्टी करप्सन मुमेन्टले निजी अस्पतालहरुले नर्स, अनमी, सफाई मजदुरहरुको श्रम शोषण गरेको भन्दै माघ १० गते उजुरी दिएपछि लगतै श्रम कार्यालयले निजी अस्पताहरुलाई पत्र पठाएर कार्यरत मजदुरको विवरण, तलव स्केल लगायत विषयको विवरण पेस गर्न भनेको थियो ।

तलव पाउन थाले

निजी अस्पतालमा भोलेन्टियर काम गर्ने स्टाफ नर्स र सफाई मजदुरहरुले तलव सुविधा पाउन थालेका छन् । तलव नपाएको बिषयमा अभियान सञ्चालन गरेपछि अधिकासं निजी अस्पतालहरुले कार्यरत मजदुरहरुको न्युनतम पारिश्रमिक तोकेको एण्टी करप्सन मुमेण्टका अध्यक्ष पारुल क्षेत्रिले बताए । उनले भने ‘ अभियान चालेपछि नर्सहरु संगठित हुदै गएका छन् । नर्सहरुले आवाज उठाउन थालेपछि केही अस्पतालले नर्सको तलव ४ हजार ५ सय भन्दामाथी तोकेका छन् ।’ नर्सहरु सचेत भएकालेपनि न्युनतम पारिश्रमिक पाउन थालेको उनको भनाई छ ।

उनले लाखौ खर्च गरेरपनि पढाइपछि रोजगार ग्यारेन्टी नभएको भन्दै भोलेन्टर रुपमा खटाउनेहरुको विरुद्ध अभियान सञ्चालन गरीरहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्