पटक पटक भुकम्पको झटका महसुस भएपछि कोशी अञ्चल अस्पतालमा उपचारकालागि आएका विरामीहरु बेड छाडेर अस्पतालको चौर र सडकमा बसीरहेका छन् । भने प्रसूतिवार्ड खाली छ ।
भुकम्पले पूर्वाञ्चलमा ९ महिला सहित १५ जनाको मृत्यु भएको खवर प्रप्त भएको छ । जसमा सबैभन्दा बढी सुनसरीमा ६ जनाको मृत्यु भएको छ । ओखलढुगा ५,सोलुखुम्बुमा २ भोजपुर २ जनाको मृत्यु भएको बताइएको छ । भुकम्पको थप विवरण आउन बाकी छ ।
सुनसरीको दुहवी–७ मा पर्खालले किचदा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जसमा मञ्जु साह, अम्बिका साह, गुडिया गुप्ता र पृती चौधरी छन् ।