निजी विद्यालयहरु वैशाख २० गतेसम्म बन्द

निजी विद्यालयहरु वैशाख २० गतेसम्म बन्द

मोरङ, सुनसरी र झापाका निजी विद्यालयहरु वैशाख २० गतेसम्म बन्द गरिने भएको छ । पटक–पटक भूकम्प जाने क्रम जारी रहेकाले तीनैवटा जिल्लाका प्याब्सनले सल्लाह गरेर वैशाख २० सम्म सबै निजी विद्यालय बन्द गर्ने निर्णय गरिएको प्याब्सन मोरङका अध्यक्ष टीकाराम ढकालले जानकारी दिनुभयो । भूकम्पले वातावरण त्रसित बनाएकाले विद्यालय बन्द गर्नुपरेको उहाँले उल्लेख गर्नुभयो । यस्तै एन–प्याब्सन मोरङमा आबद्ध विद्यालयहरु पनि २० गतेसम्म बन्द गरिने भएको छ । एन–प्याब्सनको आइतबार बसेको बैठकले वैशाख २० गतेसम्म विद्यालयहरु बन्द गर्ने निर्णय गरेको अध्यक्ष राजन छाराहाङले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्