काठमान्डौको भुकम्प देखेर आएका बिराटनगरका युवा के भन्छन ?

काठमान्डौको भुकम्प देखेर आएका बिराटनगरका युवा के भन्छन ?

शनिबार ११ बजेर ५६ मिनेटमा नेपालमा महभूकम्प गयो । अहिले सम्म ६ हजार भन्दा धेरैको ज्यान गैसकेको छ । बिराटनगरका धेरै युवा त्योबेला काठमान्डौमा थिए , त्यही त्रासपुर्ण समयलाई देखेर बिराटनगर फर्केका केहि युवाहरु सित हामिले कुरा गर्दा यस्तो अनुभब सुनाए ।

 

"हेर्दा हेर्दै भक्तपुर सखाप भयो" - नातासा शर्माnatasa
- भूकम्प जानु अघी म र मम्मी भक्तपुर दरबार घुमेर केहि पर मात्र पुगेका थियौ , एक्कासी जमिन हल्लियो , सबै तिर हल्ला हुन थाल्यो , मम्मिले पछाडी हेर भन्नुभयो र हेर्दा हेर्दै भक्तपुर सबै सखाब भयो । हामिलाई निक्कै डर लाग्यो त्यो क्षण । धन्न बाचियो ।

 

 

"केहि बिकल्प नभएर बिराटनगर फर्किए" - रोशन खवासroshan khawas
- निक्कै डर लाग्दो क्षण थियो त्यो , जहाँ गयो त्यही मनिसहरुका लास थिए , घरहरु भत्किएका , मानिसहरुलाई बस्ने ठाउँ पनि थिएन , एउटा स्कुलमा बल्ल-बल्ल बस्न पायौ , तर त्यहाँ खान दिने कोही थिएन । धेरै दुख भयो अनि केहि बिकल्प नभएर बिराटनगर नै फर्किए ।

 

 

"३ दिन बाग्मती किनारमा सुते" - प्रशान्त लम्सालprashant lamsal
-एस.यल.सि दिएर म काठमन्डौ घुम्न गएको थिए , भुकम्प आएको दिन धेरै त्रास थियो , परिवार सबै बिराटनगरमा हुनुहुन्थियो, चिन्ता लाग्यो । काठमन्डौ पुरै सखाप भए जस्तै लाग्यो । डरले बाहिर सुत्नु पर्ने भएकाले कही ठाउँ नभएर म बाग्मती किनारमा सुते ३ दिन । खानको लागि पनि समस्या थियो । शुक्रबार बिराटनगर आइपुगे ।

 

 

"जिवन मा नसोचेको घटना देखियो " - गौरब खतिवडा gaurab
- त्यो घटना जिवनमा कहिले नसोचेको घटना थियो , म बसेको घर छेउका घर सबै भत्किएका थिए । पशुपती क्षेत्रमा मानिसहरुको लास चारै तिर थियो , काठमन्डौ पुरै गनाउन थालिसकेको थियो । काठमन्डौ दशैको बेला भन्दा सुनसान छ ।

 

 

" सातोपुत्लो उड्यो मेरो त " - रेजिना दाहालrejina dahal
- तीन तल्ला माथी थिए भूकम्प आउँदा , बल्ल बल्ल छोरी लिएर तला झरे , एक्दम डर लाग्दो समय थियो । ३ दिन सम्म तरकारी बारीमा सुत्नु पर्‍यो । शनिबार मात्र बिराटनगर आए , अब धुक्क छु ।

 

 

"मलाई काठमान्डौ नै सकिए जस्तो लाग्यो" -यमन उपाध्ययyaman upadyaya

हामी त्यो दिन घुम्न भक्तपुर रानिकोट गएका थियौ , एक्कासी सबै थोक हल्लिन थाल्यो । उभिएर बस्न पनि सकिने अवस्था थिएन । माथी बाट काठमान्डौ हेर्दा धुलो मात्र देखिन्थियो सबै तिर । मलाई काठमान्डौ नै सकिए जस्तो लाग्यो ।

 

 

प्रस्तुती : बिबेक दाहाल

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्