‘भारतीय मिडिया घर जाउ’

‘भारतीय मिडिया घर जाउ’

भारतीय टिभी च्यानलहरुले नेपालको महाभूकम्पबारे अतिरञ्जित समाचार प्रवाह गरेको विरोधमा सुरु भएको ट्वीटर हयासटयाग ‘गोहोमइन्डियनमिडिया’ एकै छिनमा भाइरल बनेको छ । भूकम्पपीडितको उद्धारमा भारतीय मिडियाले व्यवधान खडा गरेको तथा घटनालाई बढाईचढाई गर्ने नाममा मानवीय संवेदनालाई ख्याल नगरेको भन्दै टिभी न्युज च्यानलहरुको आलोचना भएको हो ।बिराटनगरका पनि धेरै युवा लेयस अभियानमा साथ दिदै आफ्ना सामजिक सन्जालमा लेखेका छन "भारतीय मिडिया घर जाउ"

उद्धारका लागि भारतबाट आएको सेनाको हेलिकोप्टरमा पीडितले भारतीय टिभी च्यानलकै कारण सिट नपाएको विषयमा समाचार प्रकाशित भएको थियो । आइतबार बिहान सुरु गरेको यो अभियान यति चर्चित हुनुपछाडिको रोचक कारण चाहिँ भारतीय दर्शकहरुले नै समर्थन गर्नु हो । नेपालमा भारतविरोधी मनोविज्ञान हावी छ भनी भारतीय राजनीति वृत्तले जिकिर गर्दै आए पनि भारतीय मिडियाको आलोचना गर्नेमा नेपालीभन्दा भारतीय नै बढी भेटिएको आइतबारको ट्वीटर ट्रेन्डिङले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्