एमाले मोरङले गर्‍यो ६ लाख सहयोग

एमाले मोरङले गर्‍यो ६ लाख सहयोग

 

मोरङ, बैशाख २२ / भूकम्प पीडितका लागि नेकपा एमाले मोरङले ६ लाख बढी रकम संकलन गरेको छ जिल्ला कमिटी र मातहतका कमिटीबाट एमाले मोरङले ६ लाख २० हजार ४ सय ५ रुपैयाँ संकलन गरेको हो ।

संकलित रकम मंगलबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको अध्यक्ष महेश रेग्मीले जानकारी दिए ।

क्षेत्रगत रुपमा इटहरा र सिजुवाबाट ८९ हजार ४ सय १२ रुपैयाँ संकलन भएको छ । यस्तै पथरी नगर कमिटीबाट २ लाख ३६ हजार, बेलबारी नगर कमिटीबाट १५ हजार २ सय, रंगेली र कर्सीयाबाट ६० हजार १ सय २५, उर्लाबारी, मधुमल्ला र लेटाङ क्षेत्रबाट १ लाख १९ हजार ६ सय ६८ रुपैयाँ संकलन गरिएको अध्यक्ष रेग्मीले बताए ।

उनका अनुसार यसअघि महाभूकम्प गएको दुई दिन पछि एमालेले १ लाख कोषमा पठाएको थियो । एमालेको नेतृत्व तथा संयुक्त रुपमा मोरङबाट करिब ३० लाख संकलन गरिएको केन्द्रिय सदस्य तथा कोशी इन्चार्ज जीवन घिमिरेले जानकारी दिए ।

उनका अनुसार बेलबारीबाट ७ लाख, कोशी–हरैचामा सभाषद् चन्द्रबहादुर गुरुङको नेतृत्वमा संयुक्त रुपमा ८ लाख, पथरीमा सभाषद् चण्डीप्रसाद राईको नेतृत्वमा संयुक्त रुपमा १ लाख ५० हजार, सुन्दर दुलारीबाट संयुक्त रुपमा १ लाख ५० हजार रुपौयाँ राहत संकलन गरिएको छ ।

Urlabaripage

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्