जिल्लाले रोक्यो, क्षेत्रले दियो सम्वन्धन एम्स हस्पिटल एण्ट क्यान्सर सेन्टरलाई

जिल्लाले रोक्यो, क्षेत्रले दियो सम्वन्धन एम्स हस्पिटल एण्ट क्यान्सर सेन्टरलाई

 

हरी अधिकारी /विराटनगर÷जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले सञ्चालनको स्वइकृती नदिएको अस्पतालाई क्षेत्रिय स्वास्थ्य निर्देशनलाय धनकुटाले सञ्चालनको अनुमति दिएको छ ।

कोशी अञ्चल अस्पताल अगाडी सञ्चालनमा आएको एम्स हस्पिटल एण्ट क्यान्सर सेन्टरलाई जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले ऐन नियम सम्बन्धन दिन नमिल्ने भन्दैसञ्चालनको अनुमति दिएको थिएन् । तर सोही अस्पताललाई क्षेत्रिय स्वास्थ्य निर्देशनालय धनकुटालले भने सञ्चालनको अनुमति दिएको हो ।

अस्पतालले २०७१ बैसाख ५ गते २५ शैøयाको विशेषज्ञ सुविधा सहित सञ्चालन गर्न भन्दै जनस्वास्थ्यस“ग सञ्चालनको अनुमति मागेको थियो । अस्पतालले भौतिक संरचना, अस्पतालको अवस्थाको अनुगमन गरी जनस्वास्थ्यलाई अनुमति दिन आग्रह गरेको थियो । तर जनस्वास्थ्यले स्वास्थ्य निर्देशिका देखाउदै सञ्चालन अनुमति दिन नमिल्ने भन्दै सम्बन्धन प्रकृया रोकेको थियो । जनस्वास्थ्यले जेठ दुई गते अस्पताललाई सञ्चालनको अनुमति दिन नसक्ने भन्दै चिठी पठाएको थियो ।

तत्कालिन प्रमुख नवराज सुब्बाले हस्ताक्षरगरी पठाएको पत्रमा स्वास्थ्य सस्था सञ्चालन र स्तरउन्नती मापदण्ड समन्धमा बनेको निर्देशिका २०७० को दफा १६ अन्तरगत उपदफा १३(क) अनुसार अनुमति दिन नमिल्ने भनको थियो । जिल्लाले अनुमति नदिएको अस्पताललाई क्षेत्रले विना कुनै रोकावट सञ्चालनको अनुमति दिएको छ ।

नियम अनुसार २५ शैøया सम्मको अस्पताल सञ्चालन गर्न जिल्ला जनस्वास्थ्य कार्यालयको अनुमति चहिन्छ । भने २६ देखी ५० शैøयाको अस्पताल सञ्चालन गर्न क्षेत्रको अनुमति चाहिन्छ । ५१ देखी बढी शैøयाको अस्पताल सञ्चालन गर्नुपरे केन्द्रको अनुमति चाहिन्छ ।

अस्पताल चोकमा एम्स हस्पिटललाई सञ्चालनको अनुमति जिल्लाले नदिएपछि क्षेत्रले सञ्चालनको अनुमति दिएको हो ।

जिल्लाले अनुमति नदिने भने पछि अस्पतालले ५० शैøयाको अस्पताल सञ्चालनको अनुमति माग्दै क्षेत्रमा निवेदन गरेको थियो । क्षेत्रले गत चैत २३ गते अस्पताललाई यथा स्थीतिमा ५० शैøया सञ्चालनका लागि अनुमति दिएको हो । क्षेत्रले क्यान्सरको विषेशज्ञ सेवा सञ्चालन गर्ने उल्लेख गरेपछि अस्पताल सञ्चालनमा सम्वन्धन दिएको बताइएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका सुचना अधिकृत उत्सव पोखरेलले २५ शैøयाको अस्पताल सञ्चालनकालागि जनस्वास्थ्यमा आएपनि जनस्वास्थ्यले अनुमति नदिएको बताए । उनले २५ शैøया भन्दा कम जनस्वास्थ्यले अनुमति दिने प्रावधान रहेको बताए । २५ शैøयालाई जिल्लाले अनुमति नदिएपनि ५० शैøया सञ्चालनकालागि क्षेत्रले अनुमति दिएको पत्र जनस्वास्थ्यमा आएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्