कक्षा ११ र १२ का वार्षिक परीक्षा भूकम्पका कारण अनिश्चित

<span class='c1'>कक्षा ११ र १२ का</span> <span class='c2'>वार्षिक परीक्षा भूकम्पका कारण अनिश्चित</span>

 

काठमाडौँ, वैशाख ३१ – कक्षा ११ र १२ का वार्षिक परीक्षा पछिल्लो भूकम्पका कारण अनिश्चित भएको छ । वैशाख १२ गतेको विनासकारी भूकम्पका कारण स्थगन भएका ती परीक्षा मङ्गलबारको ६ दशमलव ८ रिक्टर स्केलका भूकम्पका कारण थप अनिश्चित भएको हो ।
यही वैशाख २० गते कक्षा १२ को परीक्षा हुने कार्यतालिका रहेकामा विनासकारी भूकम्पका कारण स्थगित भएको थियो भने आगामी जेठ १ गतेका लागि तय भएको कक्षा ११ को परीक्षा पनि स्थगन भएको थियो ।
नजीवन क्रमशः सामान्य हुँदै गएको ठानी उच्चमाध्यमिक शिक्षा परिषद्को परीक्षा नियन्त्रण कार्यालयले सम्भावित परीक्षा केन्द्रको भ्रमण (अध्ययन) गरी चाँडै नयाँ मिति तोक्न सुरक्षा निकायसँग पनि एक चरण छलफल भइसकेको थियो ।
कार्यालयका उप–नियन्त्रक जयन्ती सत्यालले मङ्गलबारको भूकम्पबाट कति विद्यालयमा क्षति भएको छ भनी पुनः अध्ययन गरेर मात्रै नयाँ मिति तोक्ने विषयमा परीक्षा समितिले निर्णय गर्ने बताउनुभयो ।
उहाँले आगामी जेठको मसान्तसम्म नयाँ तालिका तोक्नेबारेमा निर्णय हुन सक्ने जानकारी दिनुभयो । भूकम्पबाट अति प्रभावित १४ जिल्लाका अधिकांश विद्यालय भवनमा क्षति पुगेकाले शिक्षा मन्त्रालयले जेठ १५ सम्म पठनपाठन बन्द गराएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्