“सभासद ज्युहरु भूकम्प प्रभाबित जिल्ला जानुस”

“सभासद ज्युहरु भूकम्प प्रभाबित जिल्ला जानुस”

राष्ट्रिय विपद व्यवस्थापन अनुगमन तथा निर्देशन विशेष समितिको बिहीबार बसेको पहिलो बैठकले समितिमा रहेका सभासद्हरुलाई भूकम्प प्रभावित जिल्ला जान निर्देशन दिएको छ । सभामुख सुवासचन्द्र नेम्वाङको सभापतित्वमा आज सिंहदरबारमा बसेको बैठकले भूकम्प प्रभावित जिल्लाको अवस्था अनुगमन गर्न समितिमा रहेका सदस्यलाई पठाउने निर्णय गरेको हो । भूकम्प प्रभावित चौध जिल्लाका लागि चार–चारजना सभासद् सदस्य रहने गरी चौधवटा समूह विभाजन गरिएको छ । ती सबै समूहका सभासद्हरु सचिवालयका कर्मचारीलाई लिएर भोलि नै भूकम्प प्रभावित क्षेत्रमा जाने तय भएको छ ।  सभासद्को टोलीले प्रभावित क्षेत्रमा भूकम्पले पु¥याएको क्षति, उद्धार, राहत वितरणको अवस्था र पुर्ननिर्माणबारे अध्ययन गरी रिपोर्ट पेश गर्नेछ । प्रतिवेदन पेस गर्नका लागि ५ दिनको समय दिइएको छ । साथै समितिले भूकम्प प्रभावितले राहत पाए नपाएबारे उजुर गर्न सूचना केन्द्र संचालन गर्ने निर्णयसमेत गरेको छ । बैठकले अध्ययन टोलीमा नरहेका सभासद्लाई राहत संकलनमा जुट्न पनि समितिले निर्देशन दिएको छ । व्यवस्थापिकाका संसदको हिजोको बैठकमा दलहरुले प्रस्तुत गरेका संकल्प प्रस्तावलाई पारित गर्दे सोही प्रस्तावको २७ नम्बर बुँदाअनुसार राष्ट्रिय विपद् व्यवस्थापन, अनुगमन तथा निर्देशन विशेष समिति गठन गरेको हो ।

 

Makalu

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्