पराकम्पन जाने क्रम जारी , आज ५ कम्पन

पराकम्पन जाने क्रम जारी , आज ५ कम्पन

काठमाडौँ, २ जेठ ।  शनिबार बिहान विभिन्न समयमा भूकम्पका पाँच पराकम्पन गएका छन् ।

नुवाकोट, धादिङ, दोलखा र गोरखा केन्द्रबिन्दु बनाएर चार रिक्टरमाथिका पाँच पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बिहान ६ बजेर ३१ मिनेट जाँदा धादिङ र गोरखाको सिमाना क्षेत्र केन्द्र बिन्दु भएर ४.० रिक्टर स्केलको भूकम्प गएको छ ।

यस्तै बिहान ६ बजेर ११ मिनेट जाँदा नुवाकोट केन्द्रबिन्दु भएर ४.०, ४ बजेर ३८ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु भएर ४.१, सोही केन्द्रबिन्दु भएर ४ बजेर २८ मिनेट जाँदा ४.१ र २ बजेर १५ मिनेट जाँदा गोरखा केन्द्रबिन्दु भई ४.० रिक्टर स्केलका पराकम्पन गएका केन्द्रले जनाएको छ ।

स–साना पराकम्पन जाने क्रम जारी रहेको र यसबाट नअतालिन भूकम्पविद्हरुले सर्वसाधारणलाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल, विभिन्न अनलाइन मिडियाहरुमा आइररहेका विभिन्न अड्कलबाजी र हल्लाका पछि नलाग्न पनि उनीहरुले सुझाएका छन् ।

अघिल्ला दिनका तुलनामा पराकम्पन पनि कम हुँदै गएपछि उपत्यकामा चहलपहल बढेको छ भने पसलहरु क्रमशः खुल्न थालेका छन् । -

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्